बजारमा अण्डाको मूल्य घट्ने भएको छ। शुक्रबारबाट लागु हुने गरी मूल्य घटाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।
हामीले आज बैठक बसेर भोलिबाट अण्डाको मूल्य घटाउने निर्णय गरेका छौं, उनले भने । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उनका अनुसार न्यूनतम प्रतिक्रेट ३० रूपैयाँदेखि अधिकतम ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाइएको छ।
मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ। यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ थियो।
यो किसानले पाउने मूल्य हो। उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उनले बताए। उत्पादन धेरै भएर, किसानलाई फाइदा भएर मूल्य घटाएको होइन, उनले भने, अस्वस्थ प्रतिस्पर्धा भएकाले मूल्य घटाउन परेको हो। उनले तुरून्तै अण्डाको मूल्य बढ्ने जानकारी दिए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
