
काठमाण्डौ । पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदै छन् । यो पर्व आइतवार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनबासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा भीमको पूजा गरी अटवारी पर्व मनाउन शुरु भएको कैलालीको घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए ।
अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतवारका दिन मनाइन्छ । उनकाअनुसार अटवारी विशेषगरी दुई दिन मनाउने गरिन्छ । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । शनिवारको राति भिन्सर्या (दर भात) खाने चलन छ ।
आज पहिलो दिन दिनभर व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने दोस्रो दिन भोलि बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् ।
अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारु अगुवा चौधरीले बताउनुभयो । अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’लाई लिने गरिएको छ ।थारू समुदायले अटवारी पर्व मनाउँदै
काठमाण्डौ । पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदै छन् । यो पर्व आइतवार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनबासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा भीमको पूजा गरी अटवारी पर्व मनाउन शुरु भएको कैलालीको घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए ।
अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतवारका दिन मनाइन्छ । उनकाअनुसार अटवारी विशेषगरी दुई दिन मनाउने गरिन्छ । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । शनिवारको राति भिन्सर्या (दर भात) खाने चलन छ ।
आज पहिलो दिन दिनभर व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने दोस्रो दिन भोलि बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् ।
अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारु अगुवा चौधरीले बताउनुभयो । अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’लाई लिने गरिएको छ ।
Sudina Shrestha
प्रकाशित: २३ भाद्र २०८१, आईतवार १०:१०
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
