
काठमाडौं । नेपाली च्यानल डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक शृङ्खला असार १९ गते देखि हरेक बिहीबार र शुक्रवार बेलुका ८ बजे प्रसारण हुने छ ।
‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन शृङ्खला हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलो पटक सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेसनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत गरिएको यस शृङ्खलाको सङ्गीत रवीन्द्र जैनले संयोजन गरेका थिए ।
‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक सङ्ख्या प्राप्त गर्दै इतिहास रचेको थियो । बीबीसीका अनुसार, ‘रामायण’ ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको शृङ्खला हो । यस शृङ्खलाको पुनःप्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूमा पनि भएको छ । ‘रामायण’ ले २०२० मा कोरोना लकडाउनको समयमा पुनः प्रसारण हुँदा एकै दिन ७।७ करोड दर्शक सङ्ख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान पनि बनाएको थियो ।
डिशहोमका ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखि डिशहोमले विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु प्रसारण गर्ने गरेको छ । यसै क्रममा डिशहोमको ग्राहकहरुले यस ऐतिहासिक र आध्यात्मिक कथा नेपाली भाषामा आफ्नै च्यानल रमाइलो टिभीमा हेर्न पाउनेछन् । हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरुको लागि मात्र उपलब्ध रहेको छ । आजै डिशहोम जडान गरेर डिशहोमको ग्राहक बनी अन्य कुनै माध्यममा उपलब्ध नरहेको विभिन्न कार्यक्रमहरूको मज्जा लिन सक्नुहुनेछ ।
Sudina Shrestha
प्रकाशित: १७ असार २०८२, मंगलवार ११:४५
चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रधानमन्त्रीसँग नवनिर्वाचित सीएनआई पदाधिकारीको छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनको असहमति
