काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले २५६९ औं बुद्ध जयन्ती भव्य रूपमा विविध आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रमहरूसहित सम्पन्न गरेको छ। समितिले बृहत् शान्ति र्याली, सत्संग समारोह, भगवान बुद्धको जीवनीमा आधारित नाटक, तथा विविध सांस्कृतिक प्रस्तुतिहरूको आयोजनामार्फत यो वर्षको बुद्ध जयन्ती विशेष रुपमा मनाएको हो।

कार्यक्रममा प्रमुख वक्ता तथा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले शान्तिमय जीवनको महत्वमा जोड दिँदै भन्नुभयो, “व्यक्ति स्वयं शान्त हुन सके, परिवार र समाजमा शान्ति स्वतः फैलिन्छ।” उहाँले घरलाई मन्दिर बनाउने जिम्मेवारी सबै सदस्यको भएको बताउनुभयो र बुद्धको जीवनबाट करुणा, दया र सम्मान सिक्नुपर्नेमा जोड दिनुभयो।

सत्संगमा महात्मा वाईजीले भगवान बुद्ध र सिद्धार्थको कथा उल्लेख गर्दै मानव जीवनमा करुणा र भाइचाराको विकास अत्यावश्यक रहेको बताउनुभयो। साथै, आत्मबललाई चिन्न आन्तरिक चिन्तन र ध्यानको आवश्यकता रहेको पनि उहाँको तर्क थियो।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नेपालमा बुद्धको जन्मभूमि भएर पनि बुद्ध दर्शनको बेवास्ता हुनु दुःखद भएको टिप्पणी गर्नुभयो। “विदेशीहरूले बुद्धको शिक्षाबाट ज्ञान खोजिरहेका छन्, हामी भने अन्य बाटोमा लागेर बेवास्ता गरिरहेका छौं,” उहाँले भन्नुभयो। साथै, शक्ति प्रदर्शनले होइन, संवाद र सहिष्णुताबाट मात्रै शान्ति सम्भव हुने उहाँको धारणा थियो।

वरिष्ठ महात्मा लता वाईजीले जीवन र मृत्युलाई आत्मिक दृष्टिकोणबाट बुझ्नुपर्ने आवश्यकतामा जोड दिँदै भन्नुभयो, “देश अहिले पीडामा छ, शान्ति स्थापना गर्न अध्यात्म नै एउटै बाटो हो।” उहाँले महान पुरुषहरूको सन्देशलाई व्यवहारमा उतार्न र नयाँ युगका मार्गदर्शकलाई चिन्न आग्रह गर्नुभयो।
यस वर्षको बुद्ध जयन्ती कार्यक्रमले भगवान बुद्धको शिक्षालाई व्यवहारमा लागू गर्न र सामाजिक शान्ति स्थापनामा आध्यात्मिक चेतना जगाउने महत्वपूर्ण सन्देश प्रवाह गरेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-15
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
