काठमाडौं । कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ ।
यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी छन् ।
देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी रहेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
सबैभन्दा बढी काठमाण्डौमा एक सय ४४ र मनाङ/मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र निर्धारण भएकोे छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित प्रक्रियाबाट काठमाण्डौका परीक्षा केन्द्र निर्धारण गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार ०८:४०
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ
नेता, भूमाफिया र दलालहरूले जनताको पसिना चुसेः प्रचण्ड
त्रिदेशीय महिला टी–२० शृङ्खलाः नेपालको लगातार चौथो हार