भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेको छ ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाइएको भएपनि गत चैत २० देखि शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनले नतिजा प्रकाशन प्रभावित बनेको हो ।
नतिजा प्रकाशनको तयारी बारे छलफल गर्न आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको एक बोर्ड सदस्यले एभरेष्ट न्यूज एजेन्सीलाई जानकारी दिएका छन् ।
हाल तथ्यांक इन्ट्रीको काम सकिएर भेरिफाइ भइरहेकाले बोर्डले आज या भोली नतिजा प्रकाशन गर्ने निर्णय लिने उनले बताएका छन् । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए ।
यसअघि २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएपछि सबैलाई पुरक परीक्षा दिन पाउने अवसर दिइएको थियो । यस बर्ष परीक्षामा उतिर्ण प्रतिशत ७० पुर्याउने सरकारको लक्ष्य रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
