काठमाडौं, १९ भदौं । नेकपा एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने भएको छ । संगठनमा देखिएका समस्यालाई हल गर्दै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई सोमबार बसेको सचिवालय बैठकले कार्यतालिकासहित अनुमोदन गरेको हो ।
अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको छ । सचिवालय बैठकले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची महाकाली अभियान चलाउने निर्णयसहितको प्रस्ताव समेत पारित गरेको छ ।
पार्टीका सम्मानित नेता झलनाथ खनालका अनुसार अभियान मेचीबाट सुरु गरेर महाकालीमा समापन गर्ने तयारी छ । एकीकृत समाजवादीका नेताहरूका अनुसार अभियानमा सचिवालयका अधिकांश नेताका साथै १ सयभन्दा बढी नेता कार्यकर्ता अभियानभर सहभागी हुनेछन् ।
सचिवालय बैठकले माघ १४–१८ मा हुने महाधिवेशनको केही तालिका समेत तय गरेको छ । त्यसमा असोज ५ गतेभित्र सबै कमिटीका बैठकहरू बसिसक्न निर्देशन दिने, तल्ला कमिटीका रेकर्डहरू पार्टी केन्द्रमा पठाउनुपर्ने, असोजभित्र दस्ताबेजहरू तयार गरिसक्नुपर्ने लगायतका तालिका तय गरेको एकीकृत समाजवादीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १९ भाद्र २०८०, मंगलवार १५:२५
२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
व्यवसायी वर्षा कुवरले जितिन‘ मिसेस व्यूटी क्वीन नेपाल सिजन ७ को ताज
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ