बनेपा । शब्दयात्रा प्रकाशनले विभिन्न विधामा सम्मान समर्पण गरेको छ । आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १९० औं जन्मजयन्तीका अवसरमा यही २०८१ मंसिर २१ गते शुक्रबार शब्दयात्रा प्रकाशनले आफ्नै सभाकक्षमा विशेष समारोह आयोजना गरी विभिन्न विधामा सम्मान समर्पण गरेको हो ।
समारोहमा ४ जना अनुसन्धातालाई विद्वतवृत्ति, ३ जना पत्रकारलाई कदरपत्र र २ जना छात्रालाई छात्रवृत्ति समर्पण गरिएको थियो । उक्त कार्यक्रममा सुदीप अधिकारीद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २४२ औँ पुस्तक ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’, रश्मि हुमागाईं र इ. रोशन अधिकारीद्वारा सम्पादित ‘पाठकका आँखामा हरि मञ्जुश्री’ पुस्तिका र हरि मञ्जुश्रीको शब्द र सङ्गीतमा इ. रोशन अधिकारी र अम्बिका थापा खड्काले गाएको ‘म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस्’ गानलाई सार्वजनिक गरिएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति तथा समालोचक प्रा. डा. कुलप्रसाद कोइराला प्रमुख अतिथि तथा विश्लेषक अनारसिंह कार्की, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष एवं प्रदीपराज वन्त विशेष अतिथि रहेको उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गरेका थिए ।
शब्दयात्रा प्रकाशनका संचालक कृष्णमणि कुइकेलले सञ्चालन गरेको उक्त कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन इ. रोशन अधिकारीले, अतिथिलाई रुद्राक्षमाला अर्पण केदारनाथ तिमल्सिनाले, पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन लीलादेवी श्रेष्ठले, सामग्रीको व्यवस्थापन सङ्गीता केसीले, छात्रवृत्तिको प्रमाणपत्र वाचन वेदप्रसाद गौतमले, विद्वतवृत्तिको प्रमाणपत्र वाचन अच्युत अधिकारीले, कदरपत्रको प्रमाणपत्र वाचन दण्डपाणि अधिकारीले, चयन समितिका सदस्यलाई उपहार समर्पण डा. इन्दुल केसीले र कार्यक्रमको समीक्षासहित सभाविसर्जन प्रा. डा. बलराम उपाध्याय रेग्मीले गरेका थिए । उक्त कार्यक्रममा षडानन्द अधिकारी र मनका श्रेष्ठको तस्बिरमा पुष्पार्पण गरी सम्पूर्ण गतात्माहरूको आत्मशान्तिका लागि एक मिनेट मौनधारण गरिएको थियो ।उक्त कार्यक्रममा षडानन्द अधिकारी र मनका श्रेष्ठको तस्बिरमा पुष्पार्पण गरी सम्पूर्ण गतात्माहरूको आत्मशान्तिका लागि एक मिनेट मौनधारण गरिएको थियो ।
शब्दयात्रा प्रकाशन, बनेपाले काभ्रेका तीन जना सक्रिय पत्रकारलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार प्रकाशनको कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रल्हाद शर्मा हुमागाईं, केशवराज पौडेल, र कपिल कोइरालालाई सम्मान गरिएको हो । हरि गोपाल प्रधानले व्यवस्थापन गरेको फोटोपत्रकारिता सम्मान पत्रकार केशवराज पौडेललाई प्रदान गरियो। विद्युतीय पत्रकारिता सम्मान कपिल कोइरालाले प्राप्त गरे भने छापा पत्रकारिता सम्मान प्रल्हाद शर्मा हुमागाईंलाई प्रदान गरियो। पौडेल गोरखापत्र, कोइराला हिमालय टेलिभिजन, र हुमागाईं प्रभातफेरि साप्ताहिकसँग आबद्ध छन् ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति कूलप्रसाद कोइराला, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष एवं फोटो पत्रकार प्रदीप राज वन्त, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, र हरि गोपाल प्रधानलगायतले सम्मानित पत्रकारहरूलाई कदरपत्र प्रदान गरेका थिए ।
आरण्यक ग्रन्थ आठवटा
संस्कृत वाङ्मयमा आरण्यक ग्रन्थ आठवटा रहेछन् । यी ग्रन्थहरू ब्राह्मण ग्रन्थभन्दा पछि लेखिएको मानिदो रहेछ । हरेक वेदका फरक–फरक आरण्यक ग्रन्थ रहेछन् । ती ग्रन्थहरूमा ऋग्वेदको ऐतरेय आरण्यक (१) र शाङ्खायन आरण्यक (२), यजुर्वेदको बृहत् आरण्यक (३), तैत्तिरीय आरण्यक (४) र मैत्रायणी आरण्यक (५), सामवेदको तवलकार आरण्यक (६) र छान्दोग्य आरण्यक (७) तथा अथर्ववेदको गोपथ आरण्यक (८) । अरण्य या जङ्गलमा बनाइएका कुटी या गुरुको आश्रममा बसेर पढिने भएकाले यिनलाई आरण्यक भनिएको रहेछ ।
उपहार समर्पण
प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनले हरेक कार्यक्रममा उपहार समर्पण गर्ने गर्दछ । कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा काभ्रेपलान्चोक सारथि उद्यमशीलता पुरस्कारका अक्षयकोष व्यवस्थापक प्रह्लाद प्याकुरेलले उपहार समर्पण गरेका थिए ।
लघुकथा सम्मानका लागि शब्दयात्रा प्रकाशनमा अक्षयकोष
शब्दयात्रा प्रकाशनमा एक लाख रुपियाँको अर्को अक्षयकोष स्थापना गरिएको छ । लघुकथाकार तथा बाछिटाकार अम्बिका धितालले आफ्ना पिता डण्डपाणि धिताल र माता मानकुमारी धितालको स्मृति र सम्मानमा अक्षयकोषको स्थापना गरिएको हो । उनले यस कोषको स्थापना आफ्नी माताको वार्षिक पुण्यतिथिको अवसर पारी गरेका हुन् । यस कोषको ब्याजबाट २०८२ सालदेखि हरेक वर्ष लघुकथा विधामा सम्मान गरिने व्यवस्था गरिएको छ । सम्मानको नाउँ ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा सम्मान’ राखिने भएको छ । शब्दयात्रा प्रकाशनमा आफ्ना पितामाताको स्मृति र सम्मानमा २०८२ सालदेखि हरेक वर्ष लघुकथा विधामा समर्पण गर्ने गरी अक्षयकोषको स्थापना गर्नुभएकोमा लघुकथाकार तथा बाछिटाकार अम्बिका धितालप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
चारजनालाई विद्वतवृत्ति समर्पण
शब्दयात्रा प्रकाशनको लघु अनुसन्धान परियोजना अन्तर्गत २०८१ सालको विद्वतवृत्ति प्राप्त गर्नेहरू जयनारायण नेपाल, रश्मि हुमागाईं, पुण्यवती घले र अमृत अधिकारी छन् । साहित्य, साझा–सहकारी, रेडक्रस, महिला सशक्तीकरण, ज्येष्ठ नागरिक सेवा, मानव–अधिकार आदि क्षेत्रमा समाजसेवी सावित्री जङ्गम थापाले गर्नुभएको योगदानका विषयमा अनुसन्धान गर्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी सावित्री जङ्गम थापाको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वत्वृत्ति’ समाजसेवी तथा साहित्यकार सावित्री जङ्गम थापाका साहित्यिक कृतिहरूको समीक्षा गरी प्रकाशनयोग्य पुस्तक तयार पार्न जयनारायण नेपालमा समर्पण गरिएको छ ।
काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित रहेर शब्दयात्रा प्रकाशनले तोकेको विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धानलाई हरेक वर्ष प्रदान गर्ने गरी बनेपा घर भई हाल अमेरिका बस्ने विदुर विष्टबाट आफ्ना दिदी–भिनाजुको स्मृतिमा आर्थिक व्यवस्थापन गरेर शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वत्वृत्ति’ विभिन्न विधामा सक्रिय रही योगदान गरेका काभ्रेपलान्चोक जिल्लाका प्रतिभाहरूको जीवनी अङ्ग्रेजी भाषामा तयार पार्नका लागि रश्मि हुमागाईंमा समर्पण गरिएको छ ।
काभ्रेपलान्चोक जिल्लाका प्रतिभा सुभाष खड्का र उनको स्मृतिमा स्थापित संस्था सुभाष स्मृति प्रतिष्ठानसँग सम्बन्धित विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट लेखक तथा पूर्वप्रशासक चन्द्रबहादुर खड्काको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वत्वृत्ति’ सुभाष खड्काको जीवनी, व्यक्तित्व र योगदानका विषयमा शोधप्रबन्ध तयार पार्न पुण्यवती घलेमा समर्पण गरिएको छ ।
भोजपुुर जिल्लाको शैक्षिक इतिहासका विषयमा अनुसन्धान गर्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी भोजपुर जिल्लाका शैक्षिक तपस्वी प्रा. केदारनाथ श्रेष्ठको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा प्रा. केदारनाथ -लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वत्वृत्ति’ यसअघिका दुई वर्षमा भोजपुर अनुसन्धान विद्वतवृत्ति अन्तर्गत प्राप्त भएका अनुसन्धान प्रतिवेदनहरूलाई समायोजन गरी एउटै पुस्तकका रूपमा मुद्रण गर्न योग्य बनाइदिन अमृत अधिकारीमा समर्पण गरिएको छ ।
विद्वतवृत्तिका रूपमा रुद्राक्षमाला, उपहार, प्रमाणपत्र र रकम विशेष अतिथि अनारसिंह कार्की र प्रमुख अतिथि प्रा. डा. कुलप्रसाद कोइरालाले संयुक्त रूपमा समर्पण गरेका थिए । विद्वत्वृत्ति प्राप्त गरेकोमा जयनारायण नेपाल, रश्मि हुमागाईं, पुण्यवती घले र अमृत अधिकारीप्रति शब्दयात्रा प्रकाशन हार्दिक बधाई ज्ञापन गर्दछ ।
संस्कृत वाङ्मयका ११ ब्राह्मण ग्रन्थ
संस्कृत वाङ्मयमा ब्राह्मण ग्रन्थको ठूलो महत्व छ । चार वेदका फरक–फरक ब्राह्मण ग्रन्थ छन् र सबै जोड्दा ब्राह्मण ग्रन्थ ११ वटा पुग्छन् । ऋग्वेदका दुई ब्राह्मण छन् -ऐतरेय ब्राह्मण (१), शाङ्खायन या कौषीतकि ब्राह्मण (२), शुक्लयजुर्वेदको एक ब्राह्मण शतपथ ब्राह्मण (३), कृष्णयजुर्वेदको एक ब्राह्मण तैत्तिरीय ब्राह्मण (४), सामवेदका छ ब्राह्मण छन् – पञ्चविंश या ताण्ड्य ब्राह्मण (५), षड्विंश ब्राह्मण (६), सामविधान ब्राह्मण (७), वंश ब्राह्मण (८) ।
एउटै पुस्तक एकै दिन पाँच ठाउँबाट सार्वजनिक
अनुसन्धाता सुदीप अधिकारीद्वारा लिखित पहिलो अनुसन्धानात्मक कृति तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २४२ औँ कृति ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ यही २०८१ मङ्सिर २१ गते एकैपटक पाँच ठाउँबाट सार्वजनिक गरिएको छ । आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १९० औँ जन्मजयन्तीको अवसर पारी फरक–फरक ठाउँमा आयोजित कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तकको प्रकाशक संस्था शब्दयात्रा प्रकाशनको सभाकक्ष काभ्रेपलान्चोकको बनेपामा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला, संस्थापक अध्यक्ष हरि मञ्जुश्री र कृतिकार सुदीप अधिकारीले थैलीबाट पुस्तक झिकेर सार्वजनिक गरेका थिए । यसै गरी भोजपुरको दिङ्ला, सुनसरीको इटहरी, मोरङको विराटनगर र झापाको दमकमा आयोजना गरिएका कार्यक्रमहरूमा पनि उक्त पुस्तकलाई सार्वजनिक गरिएको र काठमाडौँमा आयोजित कार्यक्रममा समेत सोही दिन उक्त पुस्तकका विषयमा चर्चा गरिएको जानकारी प्राप्त भएको छ । जानकारहरूको भनाइ अनुसार नेपालमा एउटै पुस्तक पाँच ठाउँका छुट्टाछुट्टै कार्यक्रममा एकै दिन सार्वजनिक भएको र छ ठाउँका कार्यक्रममा पुस्तकका बारेमा टिप्पणी गरिएको यो पहिलोपटक हो ।
पुस्तक–पत्रिका उपहार
शब्दसाधक तीर्थको अवलोकन गर्न पोखराबाट बनेपा आउनुभएका ‘ज्योतिष भविष्यवाणी’ राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रधानसम्पादक ज्योतिष शिरोमणि तथा अधिवक्ता प्रा. डा. बलराम उपाध्याय रेग्मीले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तक–पत्रिकाहरू उपहारस्वरूप प्रदान गरेको छ । ती पुस्तक–पत्रिकाहरू शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य लेखक तथा पूर्वप्रशासक शङ्करप्रसाद मानन्धरले ग्रहण गरेको छ । यस सहयोगका लागि प्रा. डा. बलराम उपाध्याय रेग्मीप्रति शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।
शब्दयात्रा प्रकाशनलाई सम्मानपत्र प्रदान
मानव कल्याण समाज (सेवाघर) ले शब्दयात्रा प्रकाशनलाई सम्मानपत्र प्रदान गरेको छ । सेवाघरका तर्फबाट खाइवा लामाले सम्मानपत्र प्रदान गर्नुभएको थियो भने शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लोकेन्द्र ढकालले सम्मानपत्र ग्रहण गरेको थियो ।
पाठकका आँखामा हरि मञ्जुश्री सार्वजनिक
रश्मि हुमागाईं र इ. रोशन अधिकारीद्वारा सम्पादित पुस्तिका ‘पाठकका आँखामा हरि मञ्जुश्री’ सार्वजनिक गरिएको छ । आयोजित कार्यक्रममा लेखिका गीता अधिकारी, गायिका सरस्वती सापकोटा र शिक्षिका सीता नेपालले संयुक्त रूपमा उक्त पुस्तिका सार्वजनिक गरेको हो । पुस्तिकाको पहिलो खण्डमा हरि मञ्जुश्रीका विषयमा १२३ जना पाठकले सामाजिक सन्जालमा व्यक्त गरेका सङ्क्षिप्त विचारहरू र दोस्रो खण्डमा हरि मञ्जुश्रीको व्यक्तिगत विवरण राखिएको छ । पुस्तिकाका सम्पादक इ. रोशन अधिकारीले पुस्तिका सम्पादन गर्नुको औचित्यका बारेमा स्पष्ट पारेका थिए ।
सम्मानलाई निरन्तरता दिने योजना
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले संस्थाले हरेक वर्ष २० विभिन्न सम्मान प्रदान गर्दै आएको र आगामी वर्षहरूमा पनि यो परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा तीन जना स्रष्टाहरुलाई विद्वतवृत्ति सम्मान पनि प्रदान गरिएको थियो । जसमा अमृत अधिकारी, पुण्यवती घले र रश्मी हुमागाईं छन् । आबाल ब्रम्हचारी षडानन्द अधिकारीको १९० औं जन्मजयन्तीको अवसर पारेर उनीहरुलाई सम्मान गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा रश्मी हुमागाईं र रोशन अधिकारीले सम्पादन गर्नुभएको पुस्तक ‘पाठकका आँखामा हरि मञ्जुश्री’, सुदीप अधिकारीद्वारा लिखित ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ पुस्तकको विमोचन पनि गरिएको थियो । यस्तै काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थी अनिशा खत्री र विकलाङ्ग छात्रवृत्ती सम्मान रोशनी खत्रीलाई प्रदान गरिएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २६ मंसिर २०८१, बुधबार ०९:४१
शब्दयात्रा प्रकाशनद्वारा षडानन्द अधिकारीको जन्मजयन्तीको उपलक्ष्यमा विभिन्न विधामा सम्मान समर्पण
प्रदेश संरचना खारेज गर्नै उपयुक्त
नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूतमा ‘मिस पोखरा-२०२४’ सृष्टि खड्का नियुक्त
सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित रुसको शरणमा
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै
सिरिया स्वतन्त्र भएको विद्रोही समूहको घोषणा, राष्ट्रपतिले दमास्कस छाडे