काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको जारी युद्ध अन्त्य गर्न चाहेको दाबी गरेका छन्।ट्रम्पले बुधबार नेदरल्याण्ड्समा सम्पन्न नेटोको बैठकको क्रममा उक्त दाबी गरेका हुन्।
बीबीसीका अनुसार उनले भने, ‘हेरौँ के हुन्छ। पुटिन यो युद्ध सक्न चाहन्छन्। हरेक स्तरमा मानिसको ज्यान गइरहेको छ, जुन निकै दुःखद हो। यस्तो स्थिति पहिले देखिएको थिएन।’
उनले अमेरिका युक्रेनलाई आगामी दिनमा थप सहायता नदिन सक्ने सङ्केत पनि दिए।
रुस–युक्रेन युद्ध समाधान गर्न निकै जटिल भएको उल्लेख गर्दै उनले भने, ‘जसरी मानिसहरू सोच्छन्, त्योभन्दा यो धेरै कठिन छ। यो साँच्चिकै जटिल विषय हो।’
यस्तै, ट्रम्पले आफ्नो कार्यकालमा इरान–इजरायल र भारत–पाकिस्तानबीचको तनाव अन्त्य गराएको दाबी पनि दोहोर्याए। भारत–पाकिस्तानको सन्दर्भमा उनले भने, ‘मैले धेरै टेलिफोन कलमार्फत यो समस्या समाधान गराएको हुँ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
