काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन् ।
उनले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूको आग्रहपछि आक्रमण केही समयका लागि रोकिएको जानकारी दिएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँगको वार्ता गम्भीर चरणमा पुगेको दाबी गर्दै आवश्यक परे अमेरिकी सेना जुनसुकै बेला ठूलो आक्रमणका लागि तयार रहने चेतावनी पनि दिएका छन् ।
उनले सम्भावित सम्झौतामा इरानसँग कुनै पनि प्रकारको आणविक हतियार नहुने स्पष्ट पारे । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले यसपटकको वार्ता अघिल्ला प्रयासभन्दा फरक र सकारात्मक देखिएको बताए ।
यसअघि अमेरिकी सैन्य सल्लाहकारहरूले इरानमाथि आक्रमणका विभिन्न विकल्प ट्रम्पसमक्ष पेश गरेका थिए । तर उनले कुन लक्ष्यमा आक्रमण गर्ने भन्ने खुलाएका छैनन् ।
ट्रम्पका अनुसार खाडी क्षेत्रका मुलुकहरूले दुई–तीन दिन आक्रमण रोक्न आग्रह गरेका छन्, किनकि उनीहरू सम्झौता नजिक पुगेको विश्वासमा छन् । उनले सम्झौता नभए ठूलो सैन्य कारबाही हुन सक्ने चेतावनी दोहोर्याए ।
इरानले भने पाकिस्तानमार्फत अमेरिकाका केही चिन्ताप्रति प्रतिक्रिया पठाएको जनाएको छ । तर अमेरिकी अधिकारीहरूले पछिल्लो प्रस्ताव पर्याप्त नरहेको बताएका छन् । विशेषगरी युरेनियम संवर्द्धन र आणविक सामग्री नियन्त्रणको विषयमा दुवै पक्षबीच अझै मतभेद कायम रहेको जनाइएको छ ।
तीन महिनादेखि जारी तनावका कारण अमेरिकामा इन्धन मूल्य बढ्नुका साथै ट्रम्पको आर्थिक लोकप्रियतामा पनि असर परेको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
