
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको असार ६ गते उद्घाटन गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले असार ६ गते सो सडकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन हुने भएका छन् । गत शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसहित सडक विभागका अधिकारीहरुले फ्लाईओभरको अनुगमन गरेका थिए ।
यो फ्लाईओभर आशिष समानान्तर रेलिगर जेभी काठमाडौंले निर्माण गरेको हो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाईओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको थियो ।
Sudina Shrestha
प्रकाशित: २ असार २०८२, सोमबार १२:०६
पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका दुई समितिको बैठक बस्दै

हे युवा तिमी हौ देशको शक्ति – जी.शाह
