काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ता कार्य स्थगन गरेको छ ।
आयोगले रुपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको रिक्त एक पदका लागि आगामी कात्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने गरी निर्णय भएकोले जारी रहेको मतदाता नामावली दर्ता कार्य स्थगन गरेको छ ।
आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता सम्बन्धी कार्य असार १७ गतेदेखि अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गरिएको जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
