
काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंले आफूलाई पदबाट निलम्बन गरेको निर्णयविरुद्ध पाण्डेले जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । पाण्डेको रिटमाथि आज सुनुवाइ हुने अदालतले जनाएको छ ।
पाण्डेले रिटमा काठमाडौं महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बल निमित्त प्रमुख विष्णु जोशी, नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएका छन् ।
गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि गुरागाइँले कारबाही अघि बढाएका हुन ।
Sudina Shrestha
प्रकाशित: ४ असार २०८२, बुधबार ११:१०
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
