काठमाडौं । फेवा तालमा ६५ मिटर मापदण्ड लगाउने नियम बारे विभिन्न प्रशनहरु उब्जिएका छन् । ती प्रशनहरु यस्त रहेका छन् ।
* यदी फेवातालको ६५ मिटर भित्रका सबै पर्यटकिय गतिविधि बिस्थापित गर्यो भने पोखराको बिश्व प्रसिद्ध Lake-Side-City को भबिस्य के हुन्छ ?
* लेक साइज़ सिटीको आकर्षक सडक दाँयाबाँया होटल रेष्टुराँ पर्यटकिय हान्डिक्राफ्ट पसलहरू भवन भने पोखराको झिलमिल के होला ? त्यहाँका होटलवाला पसलेहरूको के हबिकत होला ?
* फेवातालको वरीपरी सयौ होटल,रेष्टुराँ, बस्तीहरू लाई कसरी हताउने ? के त्यस्लाई बिस्थापीत गर्न मिल्छ ? सकिन्छ ?
* ६५ मिटर जग्गा अघिकरण गरेर त्यहाँ गर्ने के ? जंगल रोप्ने ? दशैमा भेदा बाख्रा बेच्ने ? Slum या ghetto बनाउने ? सुकुमबासी टोल बनाउने ? या पछी सरकारले कसैलाई १०० बर्षे लीजमा दिने ? योजना अबधारणा छ?
* लेक साइड सिटी बिकास गर्न ५० बर्ष लाग्यो। देशमा बनेका यस्ता संरचना भत्काएर कैले सम्म जनता लाई सपना बाँध्ने ? आफू केही गर्न नसक्ने।गर्नेको कुरा काट्ने। खुत्ता तान्ने। अनी बौद्धिक परजिबीहरूको कुरा सुनेर के देश बिकास हुन्छ
* ६५ मीटर जग्गामा फेलिएको त्यत्तीका पर्यटकिय संरचना घरजग्गा भवन होटल आदी अधिकरण गर्न के सरकार संग पैसा छ? के INGOs NGO हरू संग सापत लिने ? या जनताको सम्पती सितै त्यसै हदप्ने ?
* अरू देशमा अरबौ खर्च गरेर आकर्षक Lake side city बनाउछ। हाम्रो भएको त्यों पनी, अन्तर्राष्ट्रीय स्तरको Lake-side-city त्यसै मास्ने ? क्या गजबको योजना ? अरू देशमा Lake-Side-City बनाएर टुरिष्ट तान्न कस्ता कस्ता प्रचार प्रसार गर्छ ? हामी भएको संरचना भत्काउने? कस्तो फ़ैसला ?
* पर्यटन हाम्रो रक्तसंचार हो। पर्यटन लाई भोग दिएर संरक्षणको आसमा हामी बाँच्न सक्तैन। हाम्रो देश Tourism based economy हो।
* पर्यटन समकालीन बिश्वको सबभन्दा नाफामुलक उद्योग हो। त्यसैले अरू देशमा पनी तालको बिचमा, ताल छेउछाउ सुन्दर लेक साइड सिटी हरूँ बनाउंछ, हामी भएको सब भत्काउने ? नपत्याए तस्बीरहरू हेर्नोस। यहाँ पोष्त गरेकोछ।
* जहाँ पानी हुन्छ, त्यहाँ पर्यटनको जन्म हुन्छ।जहाँ प्रकृती र पर्यटन समायोजन हुन्छ, त्यहाँ स्वत पर्यापर्यटन सुरूवात हुन्छ। लेक-साइद सिटी पोखराको मुटु हो। के पर्यटनको सास फेर्ने मुटु लाई बिस्थापीत गर्न मिल्छ, सकिन्छ ? के यही हो पर्यटकिय Socio-economic सोच र शुत्र ? के यस्तो गहन प्रज्ञिक पेशागत कुरा लाई सामान्य राजनैतिक र न्यायिक बिश्लेसनबाट निर्क्योल गर्ने बिषय हो?
* राणाकालमा बाँध बाँधे पंछी फेवा ताल बनेको हो।तालको ईतिहास के हो ? तालमा कस्ले र कैले बाँध निर्माण गर्यो ? Semi natural lake याने Anthropogenic Lake भनेको के हो ? Wikipedia mentioned “Phewa lake is stream-fed but a dam regulates the water reserves, therefore, the lake is classified as semi-natural freshwater lake”
* पोखरा फेवाताल बंगालको सुन्दरबन र मलेसियाको धाप र दलदल जस्तो मानव बासस्थान बिहान सिमसार होइन । सिमसार नै भए पनी RAMSARको ब्याख्या अनुसार समकालीन मानबजातको हितको लागी सदुपयोग गरी सिमसार लाई आबस्यकतानसार सन्तुलित बिकास गरी भाबी सन्ततीको लागी सुरक्षित गर्न स्थल हो”।
* ताल प्रदुषण भयो, खुम्चियो, पुरियो, भनेर खाली emotional तर्क दिएर हुन्छ ? ताल कसरी पुरिन्छ ? पर्यटकले फ्याकेको फोहरले हो वा हर्पन खोलाले बगाएको माटोले ?
* पोखरामा मात्र हैन, संसारमा लाखौलाख तालहरू छन। तालैमा बनााइएका हजारौ सुन्दर Lake-side city हरू छन। तालैमा त्यस्ता आकर्शक पर्यटकिय Lake-side-city बनाउने ती सब बिकसित मुलुकहरू के हामी भन्दा अज्ञानी छन त ? मुर्ख छ त ?
* स्मरणरहोस, बिकास भनेको गर्ने प्रकृया हो। अनी बिकृती भनेको रोक्ने कृया हो।त्यसैले नांगो बिकास लाई न झिल्के चस्माले हेर्नु हुन्छ, न संरझण लाई कालो चसमाले हेर्नु हुन्छ !!!! संरक्षण र सन्तुलित बिकासको ईण्द्रेणी हेर्न इनारबाट निस्केर पारदर्शिक खुल्ला आँखाले आकाश हेर्नु पर्छ। लामखुत्ते आउला भनेर झालमा जाली नराखी खापा नै बन्द गर्ने? भवतु मंगलम!
Points Regarding lakeside city :
1. जहाँ ताल हुन्छ, त्यहाँ पर्यटनको बिकास हुन्छ। ताल संगै बनेका सहर लाई Lake City भन्छ। यस्ता रमणिय “लेक साइद सहरहरू” Lakeside cities हरू संसारमा धेरै छन, नेपालमा मात्र हैन।
2. नैनीताल र काश्मिर जस्ता कयौं रमणिय सहरहरू तालकै किनारमा बनेकाछन। अजमेर र राजस्थानका तालको बिचैमा ५ तारे होटल निर्माण गरेकाछन।
3. मुगैमुगाले बनेको संसारको सबभन्दा सम्बेदनशिल मानिने अस्त्रेलियाको Great Barrier Reef तापुहरूमा बिलासिता होटलहरू संचालन गरिरहेका छन।रूस, स्विजरलाण्ड, इटाली, हलेण्ड, जर्मनी, फ्रान्स र अमेरिकाको कयौं प्रदेशहरूमा ताल लाई संरक्षण गर्दै त्यहाऑ आकर्शक lake Side City हरू बनाएका छन।
4. पर्यटन जब प्रकृतीमा समाहीत हुन्छ, त्यहाँ स्वत पर्यापर्यटन को जन्म हुन्छ। पर्यतन हाम्रो देशको ‘सापेक्षित लाभ’ याने Comparative Advantage यस्मा हामीले आफ्नो बर्चस्व कायम गर्नु पर्छ। यही हो नेपालको पयर्टनको को भबिस्य।
5. बिस्वका महत्वपुर्ण Lakeside City हरू को सुचांकमा पोखरा अग्रस्थानमा पर्छ। यसो हुनुमा ताल र पयर्टनको रसायण शाष्त्रको कारणले गर्दा हो।ताल परिसरमा पर्यटकिय गतीबीधी नभएको भए सायद पोखरा लेक-साइद-सिटि को पहीचानै हुदैन थियो होला।
6. पर्यटनका कारण फेवा ताल खत्तम भयो भन्ने तर्क मिथ्यांक हो। तालको सत्रु पर्यटन हैन, हरपन खोला बाट हरेक बर्षामा बगेर आउने भुक्षय हो। ५-६ दसक देखी बिकसित भएको खरबौंको लगानी परिसकेको लेक साइद सीटी लाई बिस्थापित गर्न सम्भव छैन।बरू पर्यटनलाई सन्तुलित बिकास गरेर ताल लाई संरक्षण गर्ने दुई उपाय छन:-
१- हर्पन र फिर्के खोलाको किनार लाई हरितकरण गरेर भुक्षय संरक्षण गर्ने ।
7. Precaution- कसैले ताल मिचेको छ भने जग्गा फर्काउने; पोखराको Lake Catchment Area अन्तरगत सम्पुर्ण होटल, लज र रेष्टुराँहरूले ताल बाट पानी तान्ने गरेको छ भने रोक लगाउने; घर, होटलहरूको ढल तालमा सोधै मिसाउन नदिने; बैज्ञानिक सेफटी टान्क जडान गर्न लगाउने; संरक्षणको कडा नियम कानुन लगाउने।
8. पर्यटनको दिगो बिकास रूल, नियम, कानुन र ब्यबहारिक प्रभावकारी ब्यबस्थापनको प्रकृया बाट गर्ने हो। पर्यटनको कृयाकलाप बास्तवमा प्रकृतीको भक्षक (Vermin) हैन, संरक्षक हो। मानीस छ त प्रकृती छ। मानिसले नै प्रकृतीको महातम्य बढाउंछ। त्यसैले त भन्छ “ Wonderful things happens when Man and Nature meet.”
9. ईतिहास लाई खोतल्ने हो भने परापुर्बकाल देखी मानव सभ्यताको जन्म पानी संगै भएको थियो। गंगा जमुना नदी संगै पटना,बनारस,अल्लाबादको जन्म भएको थियो। त्यसरीनै युरोपका सारा सहरहरू डनाव नदी जोदिएको छ।ईटलीका कयौं सहर क्यमो तालमा बनेकाछन। अमेरिकाको सिकागो,मिसीसीपी, मेचिगन आदी सहरहरू पनी ताल संगै छ।
10. पर्यटन र प्रकृतीको जब संगम हुन्छ, पर्या-पर्यटनको जन्म हुन्छ। पर्या-पर्यटनको मुल्य (Cost) र मान्यता ( Value) बुझ्न र जान्न, ‘डलरको झिल्के चस्मा लगाएर जथाभाबी अनियन्त्रीत पर्यटन बिकास गरेर हुंदैन। त्यसरीनै संकुचित सोचको संरक्षण मुखी कालो चस्मा लगाएर पर्यटनको बहुआयामिक पक्षलाई नकारेर पनी मिल्दैन। संसारभर बिकसित मुलुकहरूमा ताल र पर्यटनको समीकरण लाई सन्तुलित बिकासको equation वा सुत्रले ब्यबस्थापन गरेको हुन्छ। तसर्थ पर्यापर्यटन भनेको बहुआयामिक बिकासको परिमाण हो। पर्यापर्यटनको सुन्दर र रंगीन ईन्द्रेणी हेर्ने हो भने इर्श्या, जलन, आग्रह पुर्बाग्रह बिना, आँखामा कुनै चस्मा नलगाई साखुल्य हेराई बाट सन्तुलित बिकासको अबधारणा लाई बुझ्नु पर्छ।
11. पर्यटनले ताल फोहर गर्छ भनेर होटल रेष्टुराँ बन्द गर्नु पर्छ भन्ने अदुरदर्शी नारा लगाएर के हामी संसारका अरू बिकसित मुलुकहरू भन्दा बढी संरक्षणमुखी बन्न खोजेको हो त ? बिकास गर्दा कैलेकाँही बिकृती आउन सक्छ। तर बुझ्नु पर्ने कुरा के हो भने हरेक समस्याको समाधान हुन्छ। समाधान संगै बिकल्प निस्किन्छ। बिकल्पले उपाय दिन्छ। र उपाय भनेको बिकासको धोका खोल्ने साँचो हो।
12. ताल होस वा सिमसार क्षेत्र, Ramsar Convention ले सिमसार संरक्षणलाई समकालीन समाजलाई फाइदा पु-याउँदै भावी सन्ततिको भविष्यलाई सुरक्षित र सुदृढ बनाउने सम्पतीको रूपमा उल्लेख गरिएको छ । United Nation World Tourism Organisation UNWTO र UNESCO को Ramsar Convention ले सन २०१० सालमा रामसार क्षेत्रमा सुचिकृत सिमसार जलासयहरूमा कसरी सन्तुलित पर्यटन बिकास र ब्यबस्थापन गर्नु पर्छ भन्नेमा हस्ताक्षर भएको थियो। World Wetland Convention’s mission, “wise use of all wetlands through local and national actions and international cooperation, as a contribution towards achieving sustainable development throughout the world”.
13. संरक्षण र बिकासको अबधारणा हेर्न र बुझ्न ईनार बाट आकासका टुक्रा हेरेर हुंदैन, इनार बाट निस्केर खुल्ला आकासको हेर्नु पर्छ। स्मरण रहोस, पर्यटन संघै प्रकृतिको सम्बेदनशिल काख मै जन्म हुन्छ। प्रकृतिक मनोरम स्थलहरूमा पयर्टन ‘कीन’ हैन, ‘कसरी’ भन्ने कुरा महत्वपुर्ण हुन्छ। विकास र संरक्षण एक सिक्काको दुई पाटो हुन।विकासलाई सहि तरिकाले ब्यबस्पन गर्यो भने यसले विकृति हैन,संरक्षणमा टेवा पुयाउँछ। कोठामा भिंगा आउंछ भन्दैमा झ्याल बन्द गर्ने हैन जाली राख्ने नीति अपनाउनु पर्छ। माछामा काँडा हुन्छ, भन्दैमा माछै नखाने निती बुद्धीमानी हैन, माछा बाट काँधा निकाल्ने प्रयास हुनु पर
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार ०९:३३
नेपाल एअरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
बरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान (विश्व कीर्तिमानी)बाट स्थापित पुरस्कारहरु (सूची)
देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै
दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि साइबर ब्यूरो पठाइयो
अवैध आप्रवासीलाई देश निकाला गर्ने राष्ट्रपति ट्रम्पको योजना
राष्ट्रिय फोटो पत्रकार समूहद्वारा स्थापित पुरस्कार (सूची)