काठमाण्डौ । प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले ३१औं पटक सगरमाथाको आरोहण गरेका छन् । योसँगै उनले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका छन् । आज बिहान ४ बजेतिर उनले सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहण गरेका हुन् ।
सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाइ ।’
उनले २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए । अघिल्लो वर्ष उनले ३०औं पटक सगरमाथाको आरोहण गरेका थिए ।
सोलुखुम्बु थामेका कामीरिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुन् । कामीरिता ‘एभरेस्ट म्यान’ नामले पनि परिचित छन् ।
२०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका कामीरिताले पहिलो पटक २०५१ सालको वसन्तकालीनयाममा सगरमाथा आरोहण गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
