काठमाडौँ । जनै पूर्णिमाको अवसर पारेर साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको कथावस्तु, पात्र, परिवेश र परिस्थिति प्रभावशाली रूपमा चित्रण गरेको छ ।
फिल्मले आर्थिक अभावका कारण एक दम्पतीको जीवनमा आउने उतारचढावको कथा प्रस्तुत गरेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा सौगात र बेनिशासँगै श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल, बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय रहेको छ ।
फिल्मको लेखन निर्देशक साने र प्रदीप भारद्वाजले गरेका हुन्। प्रस्तुतकर्ता सिमोस सुनुवार रहेका फिल्मका निर्माता भुगोल कुमार कार्की र विकासराज जोशी हुन्। कार्यकारी निर्माता अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी छन् भने सह-निर्माता गंगाराम श्रेष्ठ रहेका छन् ।
ट्रेलरको लिंक: https://www.youtube.com/watch?v=ZOPc9FrLrJA
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
