गोरखा । धार्चे गाउँपालिकाका हिमाल आरोहीहरूलाई राजधानीमा सम्मान गरिएको छ। आठहजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने धार्चेबासीहरूलाई अठारसयखोला तमु समाजले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
धार्चेका १८ जना आरोहीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र अठारसय खोला तमु समाजका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा सम्मान गरेका संस्थाले जनाएको छ ।
कार्यक्रममा ७ पटक सगरमाथा आरोहण गर्ने पुरबहादुर गुरुङ, ६ पटक सगरमाथा, ४ पटक मनास्लु र एक पटक धौलागिरि आरोहण गर्ने इमान गुरुङ, ६ पटक सगरमाथा आरोहण गर्ने सुमन गुरुङ, तीन पटक सगरमाथा र एकपटक मनास्लु आरोहण गर्ने ओमबहादुर गुरुङलाई सम्मान गरेको संस्थाका अध्यक्ष धनबहादुर गुरुङले बताए ।
त्यस्तै दुई पटक सगरमाथा अनि केटु, कञ्चनजङ्घा, ल्होत्से, मनास्लु आरोहण गर्ने सन्दीप गुरुङ, तीनपटक सगरमाथा, एकपटक मनास्लु आरोहण गर्ने रामबहादुर गुरुङ, दुई पटक सगरमाथा र मनास्लु आरोहण गर्ने सुजल गुरुङ, एकपटक सगरमाथा, दुईपटक मनास्लु, ल्होत्से र केटु एकेक पटक आरोहण गर्ने नानुमाया गुरुङ, सगरमाथा, मनास्लु र कञ्जनजंगा आरोहण गर्ने बुध गुरुङलाई पनि सो संस्थाले सम्मान गरेको हो ।
त्यस्तै चोयु, मनास्लु र धौलागिरी आरोहण गर्ने केशव गुरुङ, दुईपटक सगरमाथा आरोहण गर्ने पूर्ण गुरुङ, एक–एक पटक सगरमाथा आरोहण गर्ने मुलाल गुरुङ, बिसबहादुर गुरुङ, डम्बर गुरुङ, मनुमान गुरुङ, बिसबहादुर गुरुङ, तुल्सिङ गुरुङ र एकपटक मनासलु आरोहण गर्ने आशबहादुर गुरुङलाई सम्मान गरिएको अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । गाउँको इज्जत, प्रतिष्ठा बढाउने काम गरेकाले सम्मान गरिएको अध्यक्ष गुरुङले बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
