सल्लेरी । हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । गएको बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।
हिउँदे वर्षा नहुँदा जमिन सुक्खा थियो भने डाँडापाखा उराठलाग्दा थिए तर ढिलागरी परेको पानी र हिमपातले केही राहत महसुस भएको सल्लेरीका ल्हाक्पा शेर्पाले बताए । उनले भने, ‘हिउँ नपर्दा गहुँबाली सुकेर गएको थियो, माथिल्लो भेगमा मात्रै होइन तल्लो भेग पनि सुक्खाग्रस्त भएका बेला परेको हिउँ र पानीले बाली फस्टाउनेमा म ढुक्क छु ।’
तल्लो भेगमा समेत हिउँदे वर्षा नहुँदा बालीनाली सुकेर जानुका साथै जमिन नै मरुभूमिजस्तो बन्दै गएको पञ्चनका केशवप्रसाद कोइरालाले बताए । उनले भने, ‘हिजोको वर्षाले किसानमा खुसी ल्यायो तर जमिन भिज्नेगरी पानी नै पर्न सकेन, सुक्खापना अझै त्यस्तै छ, अब पानी पर्ने छाँटकाँट देखिन्न, अझै खडेरीको मारबाट किसानले पार पाएका छैनन् ।’ वर्षाले खडेरीले सुकेका बाली फस्टाउने आशा किसानमा देखिएको छ ।
हिमपातपछि सगरमाथा क्षेत्र पुगेका पर्यटक पनि खुसी भएका छन् । खडेरीले उराठलाग्दा बनेका पर्यटकीय क्षेत्र रसिलो देखिएको लुक्लाकी दाटी शेर्पाले बताए । उनले भने, ‘बल्ल खुम्बुक्षेत्र खुम्बुजस्तो देखियो, हिउँ पर्दै छ, हामी खुसी छौँ, विदेशीहरू पनि हिउँमा रमाइरहेका छन्, अब अलि सुक्खापना हट्छ कि रु’ अहिले लुक्लाबाट देखिने डाँडा हिउँले भरिएर सेताम्मे भएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार ०८:५२
विकासलाई अवरोध गर्ने कार्य स्वीकार्य हुन सक्दैछ: प्रधानमन्त्री ओली
राजीनामा दिने कर्मचारीलाई ८ महिनाको तलब दिने ट्रम्प प्रशासनको प्रस्ताव, १०० अर्ब डलर बचत गर्ने योजना
एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि
Sadbhawna Sammelan at Maha Kumbh Begins with Spiritual Discourses
आज सहिद दिवस
समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलीः राष्ट्रपति रामचन्द्र पौडेल