काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले परम्परागत र मौलिक खानाका उत्पादकहरूलाई व्यावसायिकता, गुणस्तर र स्वच्छता सम्बन्धी तालिम प्रदान गर्न कृषि तथा पशुपन्छी विभागलाई निर्देशन दिएकी छन् ।
आज महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरी र विभागका प्रमुख नुरनिधि न्यौपानेसँग अनुगमन प्रणाली अद्यावधिक गर्ने, आधारभूत खाद्य जाँचका लागि महानगरपालिका आफैँले प्रयोगशाला निर्माण गर्ने, खाद्य सुरक्षाका लागि दिइने तालिमको प्रक्रिया र पाठ्यक्रम तर्जुमा गर्नेलगायत विषयमा कुरा गर्दै उनले मौलिक खानाको व्यावसायिक प्रवर्धनका लागि तालिम दिनुपर्ने बताएकी हुन् । उनले भनिन्जास् जात्रा, पर्व, संस्कार, संस्कृति तथा मौसम र कामअनुसार खानाका प्रकृति फरक फरक छन् । समयवजी, यमरी, ग्वारमरी, लखामरी, चटामरी, जेरीस्वारी जस्ता कलात्मक र पौष्टिक खाना बनाउने सिप भएका महिलाहरुलाई व्यावसायिक ज्ञान दिन सकियो भने हातमा भएको खाना बनाउने सिप आयआर्जन गर्ने पेशा बन्न सक्छ ।
छलफलमा विज्ञ सल्लाहकार लामा र सल्लाहकार गिरीले, स्वचालित प्रणालीबाट गुणस्तर नियमन र व्यावसायिक प्रवर्धनमा नतिजा हासिल गर्न सकिने धारणा राखे।
सुदिना श्रेष्ठ
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १७ पुष २०८१, बुधबार १२:५६
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ
नेता, भूमाफिया र दलालहरूले जनताको पसिना चुसेः प्रचण्ड
त्रिदेशीय महिला टी–२० शृङ्खलाः नेपालको लगातार चौथो हार