प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार सचिव नियुक्त गरेका हुन् । सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसमक्ष राईलाई संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापा शिवसताक्षी–२ का राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: १७ पुष २०८१, बुधबार ०९:०२