काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुरले जितेको हो ।
शनिबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जित्न सफल भएको छ । जनकपुरले उपाधिसँगै एक करोड ११ लाख रुपैयाँ जितेको छ ।
यस्तै, एनपीएलमा सुदूरपश्चिम दोस्रो बनेको छ । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाई जनकपुरले सहजरुपमा पछ्याउँदै उपाधि जितेको हो ।
जनकपुरलाई च्याम्पियन बनाउन मिलान्थाले फाइनलमा उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाएका हुन् ।
पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेका थिए । आसिफले सातू ओभरको अन्तिम बलमा आउट हुनुअघि १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए ।
यस्तै, हर्शक थाकरले अविजित ३० रन जोडे । थाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । वान डाउनमा ब्याटिङमा आएका मोहम्मद मोहसिनले ९ रन बनाएर आउट भए । जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । विजयी रन प्रहार गरेका मयन यादव २ रनमा अविजित रहे ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ६ पुष २०८१, शनिबार १६:०२
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ
नेता, भूमाफिया र दलालहरूले जनताको पसिना चुसेः प्रचण्ड
त्रिदेशीय महिला टी–२० शृङ्खलाः नेपालको लगातार चौथो हार