
काठमाडौं । मिस नेपाल २०२४ मा २६ जना सुन्दरीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । ‘द हिडन ट्रेजर’द्वारा आयोजित यसवर्ष पनि मिस नेपालको ग्राण्ड फिनाले २०८१ साउन १९ गते ललितपुरको गोदावरी सनराईज कन्फ्रेन्स हलमा हुँदैछ ।

दि हिड्न ट्रेजरका निर्देशक प्रमोद रत्न कंसाकारका अनुसार भाग लिने सहभागिहरुमा इन्जिनियर शुभेच्छा कार्की, आश्माकुमारी केसी, डाक्टर सुमना केसी, डाक्टर निभिता चापागाईं, स्रिमिका मानन्धर (अमेरिका), इन्जिनियर आँचल खत्री (अष्ट्रेलिया), ऊर्जा नेवा, करुणा रावत (अष्ट्रेलिया), अञ्जना पुन (हङ्गकङ्ग), राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी (अधिवक्ता), इरिना श्रेष्ठ, ललिता शेर्बुजा मगर (अष्ट्रेलिया), किम्ती श्रेष्ठ, प्रेरभिता स्वार (अष्ट्रेलिया), रोशनी दाहाल, इन्जिनियर समीक्षा निरौला, प्रसुना भुषाल, पूजा बराल (दक्षिण कोरिया), सायरा खड्का (अमेरिका), अम्बिका राणा, अनिशा मल्ल (अष्ट्रेलिया), श्रद्धासुमन सिलवाल र सामिन कोइराला रहेका छन् ।

करिब २ महिना अगाडि देखि दि हिड्न ट्रेजरले आयोजना गर्दै आएको विभिन्न कार्यक्रममा प्रतिस्पर्धीहरुले भाग लिदै आएको छ । प्रतियोगीहरुलाई व्यक्तित्व विकास हुने खालका विशिष्ट व्यक्तिहरुले तालिमहरु दिदै आएका छन् । हालमात्र इमेज ९७.९ एफ एममा केही सहभागिहरुलाई नेपालका प्रसिद्ध र्यापर बल्र्ड बुक अफ रेकर्डसमा नाम राख्न सफल निर्णय श्रेष्ठ (एनएसके) ले अन्र्तवार्ता लिएको थियो ।

२६ जना प्रतिस्पर्धीहरुबीच सबै जना कोही भन्दा कम नभएकोले अन्तिममा कसले ताज पहरिने त्यो हेर्न बाँकी नै छ । यस प्रतियोगिताको वरिष्ट कोरियोग्राफर रचना गुरुङ्गले गर्दै छिन ।

नेपालमा विभिन्न सुन्दरी प्रतियोगिताहरु आयोजना मध्येमा प्रतिष्ठीत र उच्च मानिने हुँदा यस प्रतियोगितामा भाग लिन धनगढी, पोखरा, चितवन, विरगंज, इटहरी, धरान, भैरहवा सुर्खेतलगायत नेपालका विभिन्न स्थानहरुबाट र विदेशमा रहेका नेपालीहरुले उक्त प्रतियोगितामा भाग लिन नेपाल आएका छन् । मिस नेपाल सुन्दरी प्रतियोगिता ३० वर्ष अगाडि देखी नै आयोजना हुँदै आइरहेको छ ।

यस्मा ति प्रतियोगिताहरुलाई विमला राई, कास, जीवान प्लेनिटारले पहिरन तयार गरेका छन् भने स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाईनर (आई.आई.एफ.टी) का विद्यार्थीहरुले पहिरनका डिजाईनहरु गरेका छन् ।















Sudina Shrestha
प्रकाशित: १५ श्रावण २०८१, मंगलवार १०:१०
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
