
काठमाडौँ । बलिवुड अभिनेता परेश रावलले हेरा फेरी ३ को विवाद समाप्त गर्दै फिल्ममा फर्किएको पुष्टि गरेका छन् ।
केही समयअघि मतभेदका कारण परेश रावलले फिल्म हेरा फेरी ३ छोडेका थिए । जसले फ्यानहरूलाई निराश बनाएको थियो । तर, अब अभिनेताले फिल्ममा फर्किएको पुष्टि गरेका छन् र सबैजना एकसाथ आउन र कडा परिश्रम गर्न चाहेको बताएका छन् ।
हिमांशु मेहताको पोडकास्टमा परेश रावललाई हेरा फेरी ३ सँग सम्बन्धित विवादको बारेमा गरिएको प्रश्नको जवाफ दिदै उनले फिल्ममा फर्किएको बताएका हुन् ।
फिल्म हेरा फेरी ३ को टिजर विवाद हुनुभन्दा पहिले नै छायांकन भइसकेको थियो । फिल्म हेरा फेरी ३ को टिजर विवाद हुनुभन्दा पहिले नै छायांकन भइसकेको थियो ।
परेश रावल हेरा फेरी ३ छोडेको घोषणा गरेपछि फिल्मको निर्माता समेत रहेका अक्षय कुमारले कानुनी सूचना पठाएका थिए । विवाद बढ्दै जाँदा, परेश रावलले फिल्मको साइनिङ रकम ५ प्रतिशत ब्याजसहित ११ लाख रुपैयाँ फिर्ता गरेका थिए । निर्माताहरूसँग कुरा गर्नुअघि परेश रावलले मिडियामा फिल्म छोड्ने निर्णयको घोषणा गरेका कारण पनि विवाद उत्पन्न भएको थियो ।
pratikshya
प्रकाशित: १६ असार २०८२, सोमबार १४:५६
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
