
बनेपा । बनेपामा लेखक, अनुसन्धाता, पत्रकार, कलाकार आदिका लागि अतिथिगृह सञ्चालनमा आएको छ । शब्दयात्रा प्रकाशन पुस्तकालयको उपयोग गरी एकान्त र रमणीय स्थानमा बसेर लेखन, सम्पादन, पठन, अनुवाद, अन्वेषण, अनुसन्धान र साङ्गीतिक सिर्जना गर्न चाहने लेखक–साहित्यकार, पत्रकार, अन्वेषक–अनुसन्धाता, कलाकार–सङ्गीतकार आदिका लागि साधनास्थल उपलब्ध गराउन अतिथिगृह सञ्चालनमा आएको हो ।
शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा बनेपामा अवस्थित कृष्णगीता परिसर शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा सञ्चालित यस अतिथिगृहलाई ‘शब्दसाधक अतिथिगृह’ नाउँ दिइएको छ । अतिथिगृहको उद्घाटन शब्दयात्रा प्रकाशन १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा २०८१ साल जेठ १५ गते शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लीलादेवी श्रेष्ठ र जग्गादाता कृष्णमणि कुइकेलकी आमा धनकुमारी कुइकेलले संयुक्त रूपमा गरेका थिए ।
संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्रीले सभापतित्व गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. बद्री पोखरेल र सभापति धनकुमारी कुइकेल थिए । अतिथिगृहको पहिलो अतिथि लेखक डा. इन्दुल केसी बनेका थिए । उनले शब्दसाधक अतिथिगृहको आफू पहिलो अतिथि बन्ने घोषणा कार्यक्रममै गरेका थिए ।
Sudina Shrestha
प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार ०८:५७
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
