काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको सेमिफाइनलको समीकरण पुरा भएको छ ।
मंगलबार समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो ।
समुह ए बाट नेपालले आफ्ना चारै खेल जितेर शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने समुह ए बाट सिंगापुर ४ खेलमा ३ खेल जितेर समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट जापान, इन्डोनेसिया र भुटान बाहिरिएका छन् ।
त्यसैगरी समुह बी बाट हङकङ चाइनाले चारै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै मलेसियाले ३ खेल जितेर दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । समुह बी बाट थाइल्याण्ड, म्यान्मार र माल्दिभ्स समुह चरणबाटै बाहिरिएका छन् ।
अब सेमिफाइनलमा नेपालको सामना मलेसियासँग हुने भएको छ भने अर्को सेमिफाइनलमा हङकङ चाइना र सिंगापुर खेल्ने छन् ।
सेमिफाइनलका दुवै खेल विहिबार हुने छन् । त्यस्तै तेस्रो स्थान र फाइनल खेल आगामी शनिबार हुने छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
