
काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको सेमिफाइनलको समीकरण पुरा भएको छ ।
मंगलबार समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो ।
समुह ए बाट नेपालले आफ्ना चारै खेल जितेर शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने समुह ए बाट सिंगापुर ४ खेलमा ३ खेल जितेर समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट जापान, इन्डोनेसिया र भुटान बाहिरिएका छन् ।
त्यसैगरी समुह बी बाट हङकङ चाइनाले चारै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै मलेसियाले ३ खेल जितेर दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । समुह बी बाट थाइल्याण्ड, म्यान्मार र माल्दिभ्स समुह चरणबाटै बाहिरिएका छन् ।
अब सेमिफाइनलमा नेपालको सामना मलेसियासँग हुने भएको छ भने अर्को सेमिफाइनलमा हङकङ चाइना र सिंगापुर खेल्ने छन् ।
सेमिफाइनलका दुवै खेल विहिबार हुने छन् । त्यस्तै तेस्रो स्थान र फाइनल खेल आगामी शनिबार हुने छन् ।
pratikshya
प्रकाशित: १७ असार २०८२, मंगलवार १४:४९
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
