
काठमाडौं । आफ्नो खानामा धेरै क्याल्सिअम खाने मानिसहरूले आन्द्राको क्यान्सर हुने जोखिम घटाउन सक्ने थप प्रमाणहरू एउटा अध्ययनले पत्ता लगाएको छ । यूकेमा गरिएको अध्ययनका अनुसार दैनिक एक गिलास दूध त्यसका लागि सहयोगी हुनसक्छ ।
अनुसन्धाताहरूले १६ वर्षभन्दा माथिका पाँच लाख जनाभन्दा धेरै महिलाको आहारको विश्लेषण गरेका थिए । त्यसक्रममा उनीहरूले गाढा–हरियो सागपात, पाउरोटी र गाईको दूध बाहेकका नरिवल वा बदाम लगायतबाट बनाइने दूधको सेवनबाट पनि आन्द्रामा क्यान्सरको जोखिम गर्न मद्दत पुग्ने निष्कर्ष निकालेका छन् ।
क्यान्सरसम्बन्धी परोपकारी संस्थाहरूले स्वस्थ तथा सन्तुलित आहार, स्वस्थ तौल र धूमपान सेवन नगर्नु आन्द्राको क्यान्सरको जोखिम कम गर्ने सबैभन्दा उत्तम उपाय भएको बताउने गरेका छन् ।
यसको प्रभाव कति ठूलो छ ?
हालैको एउटा समीक्षाले दुग्ध पदार्थहरूले आमाशय (आन्द्रा) मा हुनसक्ने क्यान्सरको जोखिम कम गर्ने पत्ता लगाएको थियो । अक्सफर्ड विश्वविद्यालय र क्यान्सर रिसर्च यूकेको अध्ययनले डेरी वा गैरडेरी खानेकुराहरूमा पाइने क्याल्सिअमले क्यान्सर कम गर्नसक्ने देखाएको हो ।
हरेक दिनको खानेकुरामा थप ३०० मिलिग्राम क्याल्सिअम वा ठूलो गिलासमा भरी दूध पिउँदा क्यान्सरको जोखिम १७ प्रतिशत कम हुने अनुसन्धानमा उल्लेख छ । बिहानको खानामा अन्न, फलफूल, कार्बोहाइड्रेट, सिरिअल, फाइबर र भिटामिन सी खाँदा पनि क्यान्सरको जोखिम कम हुने र दुग्ध पदार्थभन्दा त्यसको प्रभाव अलि कम हुने अध्ययनले देखाएको छ ।
क्याल्सिअमले के गर्छरु के मा पाइन्छ?
हाम्रो हड्डी बलियो बनाउन र दाँत स्वस्थ राख्नका लागि क्याल्सिअम महत्त्वपूर्ण खनिज हो । तर यसले निश्चित प्रकारका क्यान्सरहरूबाट पनि हामीलाई जोगाउन सक्ने प्रमाणहरू अहिले बढ्दो क्रममा छन् । दूध, दही र चीजमा प्रशस्त क्याल्सिअम हुन्छ। हामीमध्ये धेरैजसोको खानेकुरामा क्याल्सिअम पाउने प्रमुख स्रोत दुग्धजन्य पदार्थहरू हुन् ।
क्याल्सिअम सोया र चामलबाट बनेको पेय, सेतो पाउरोटी, नट्स, बियाँ र फलफूलहरू जस्तै सुकेको अञ्जीर, कर्ली केल जस्ता अन्य खानेकुराहरूमा पनि पाइन्छ। यो ल्याक्टोज९फ्री दूधमा पनि हुन्छ । यसले क्यान्सर निम्त्याउन सक्ने पित्त एसिडलाई जमाउने र आमाशयमा फ्याटी एसिडलाई फैलन सघाउने भएका कारण क्याल्सिअमले आन्द्राको क्यान्सरबाट जोगाउन सहयोग पुग्ने अध्ययनमा उल्लेख छ ।
आन्द्राको क्यान्सरका लक्षणहरू निम्न छन्
पाचन प्रक्रियामा परिवर्तन। जस्तैः कमलो दिसा, दिसा लागिरहने वा कब्जियत हुने ।
मलद्वारबाट रगत बग्नु वा दिसामा रगत देखिनु ।
कुनै कारणबिना तौल कम हुनु ।
थकान लागिरहनु वा श्वास फेर्न समस्या हुनु ।
माथिका मध्ये कुनै पनि लक्षण देखिएको अवस्थामा चिकित्सकलाई जाँच गराउन अध्ययनले सुझाव दिएको छ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ६ माघ २०८१, आईतवार १०:४६
टिबी शाह स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

Seven health facilities from Gandaki Province have been provided ambulance

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो
Steep decline in cliff honey harvest in Myagdi

Durga Prasain, seven others sent to Dillibazaar Jail

काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त :प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
