
एजेन्सी । इजरायलले इरानमाथि हमला गरेको छ । शुक्रबार बिहान इरानको आणविक हतियार योजना र लामो दुरीका मिसाइल कारखानालाई लक्ष्य गरेर इसराइलले हमला गरेको हो ।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि सैन्य कारबाही सुरू गरिएको उद्घोष गरेका छन् । उनले आणविक हतियार योजना र मिसाइल कारखाना नष्ट नपारुन्जेल आक्रमण जारी रहने भनेका छन् । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार इसराइलले इरानका कम्तिमा ६ वटा सैन्य आधार इलाकालाई लक्ष्य गरी आक्रमण गरेको छ ।
‘इजरायलले इरानमाथि गरेको हमलापछि, इजरायली नागरिक र देशमाथि क्षेप्यास्त्र तथा ड्रोन हमला हुने तत्काल सम्भावना रहेको’ काट्जले एक वक्तव्यमा भनेका छन्। इजरायलका रक्षा मन्त्री इजरायल काट्जका अनुसार देशमा संकटकाल घोषणा गरिएको छ ।
इजरायलद्वारा रिभोलुसनरी गार्ड्सको मुख्यालयमा पनि आक्रमण
इरानको सरकारी टेलिभिजनले इजरायलले तेहरानस्थित ‘इस्लामिक रिभोलुसनरी गार्ड्स’ को मुख्यालयलाई आक्रमणमा पनि गरेको जानकारी दिएको छ। स्थानीय सञ्चारमाध्यमहरूले उक्त स्थानमा आगो र धुवाँ निस्किएको देखिएको प्रत्यक्षदर्शीहरूको हवाला दिँदै जनाएका छन्।
इस्लामिक रिभोलुसनरी गार्ड्स इरानको सशस्त्र बल अन्तर्गतको एउटा बलियो र प्रभावशाली शाखा हो, जसले देशको आन्तरिक सुरक्षा, विदेश नीति र आणविक कार्यक्रममा समेत गहिरो प्रभाव राख्छ ।
नेतन्याहुले भने, ‘इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्यौँ’
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथिको आक्रमण ‘इरानको आणविक संवर्द्धन कार्यक्रमको मुटुमा प्रहार’ भएको बताएका छन् । उनका अनुसार इजरायलले इरानको तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नतान्ज सहरस्थित प्रमुख युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण गरेको हो। नेतन्याहुले भने, ‘इजरायलले इरानी बममा काम गरिरहेका वैज्ञानिकहरूलाई पनि लक्षित गर्यो।’
नेतन्याहुले ‘अप्रेसन राइजिङ लायन’ नाम दिइएको कारबाहीको घोषणा गर्दै भने, ‘केही समयअघि इजरायलले इरानी खतरा हटाउनका लागि लक्षित सैनिक अपरेसन सुरु गरेको छ। यो अपरेसन तबसम्म चल्नेछ, जबसम्म खतरा हट्दैन।ू
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
इरानले जारी गरेको नोटमका अनुसार राजधानी तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द गरेको छ । नोटम भनेको विमान उडान गर्नुअघि सबै पाइलटहरूले पढ्नुपर्ने सूचना बुलेटिन हो। तेहरानमा हालसम्म ६ देखि ९ वटा विस्फोट भएको रिपोर्ट आएको छ।
इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन: अमेरिका
संयुक्त राज्य अमेरिकाले इजरायलले इरानमाथि गरेको हमलामा आफ्नो कुनै संलग्नता वा सहयोग नरहेको बताएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सो जानकारी दिएका हुन् । ‘आज राति इजरायलले इरानमाथि एकपक्षीय रूपमा कारबाही गरेको छ। हामी उक्त हमलामा संलग्न छैनौँ, र हाम्रो प्रमुख प्राथमिकता क्षेत्रका अमेरिकी फौजहरूको सुरक्षा गर्नु हो,’ उनले वक्तव्यमा भनेका छन्।
‘इजरायलले यो कारबाही आत्मरक्षाका लागि आवश्यक भएको विश्वास व्यक्त गरेको छ। राष्ट्रपति ट्रम्प र प्रशासनले हाम्रा फौजको सुरक्षा गर्न आवश्यक सबै कदम चालेका छन् र हामी हाम्रा क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा छौँ। म स्पष्ट भन्न चाहन्छुस् इरानले अमेरिकी स्वार्थ वा जनशक्तिमाथि हमला गर्नु हुँदैन,’ रुबियोले भने।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३१ जेष्ठ २०८२, शुक्रबार ०८:५५
Durga Prasain, seven others sent to Dillibazaar Jail

काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त :प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह

श्री अरुणोदय माध्यमिक विद्यालयले ७५औं वार्षिकोत्सव हीरक महोत्सव तथा अभिभावक दिवस समारोह मनायो

Community-led flood drill strengthens disaster preparedness in Krishnapur

इजरायलद्वारा इरानमाथि सैन्य कारबाहीको उद्घोष

वेस्ट इन्डिजसँग नेपालले टी–२० शृङ्खला खेल्ने
