बिनोद खड्का
चाँगुनारायण , भक्तपुर
आमा
सम्झिरहेको थिए मैले
त्यो न्यानो भान्सा
बा ले बजारबाट लेराईदिएको
त्यो टललल टल्किने चरेसको थाल
र त्यसैमा तिमीले पस्किदिने
मायाका सेता चोईलीहरू
जब म तरिरहेको थिए
चार दिनको रित्तो पेटको भरिया बनेर
पानामाको बोर्डर
भोगे मैले त्यही
कस्ता हुँदा रहेछन
भोका सपनाका काराभानहरू ।
आमा
सम्झिरहेको थिए मैले
आफनै घरको फराकिलो आँगन
जब म तरिरहेको थिए
डेरियन ग्यापका साँघुरा झाडीहरू
बुझे मैले त्यही
मेरा बा का निधारका कुलेसाहरूबाट झर्ने
पसिनाका मूल्यहरू
र भिजेका हाम्रा खेतबारीहरू अझ धेरै बुझे
उनले कहिल्यै नफोडेका
मृगतृष्णाका रूखा पाखाहरू ।
झरिरहेको छु म यतिखेर
जीवनका गहिरा सकसहरू
घनाजंगलको पिँधमा
थाहै हँुदैन मलाई
खोई कताबाट निक्लिन्छ
अनि कता गएर डुब्छ
मैले आफनै आँगनीमा छोप्ने गरेको घाम
आफ्नै बार्दलीमा संगाल्ने गरेको जून ।
आमा
लडिरहेको छँु म यतिखेर, एउटा युद्ध
जीवन र मृत्युको दोसाँधमा
जितौला यो युद्ध वा हारौला, थाहा छैन मलाई
तर थाहा छ मलाई, पराजित हुनेछ पक्कै, मेरो मृगतृष्णा ।
आमा
उपस्थित गराईएको छँु म यतिखेर, पश्चातापको कचहरीमा
सुरू गरेकै हुँ मैले
मृगतृष्णाको एउटा लामो यात्रा
पहिल्याउन खोजेकै हुँ
कानुनले कहिल्यै नदेखेको “तल्लो बाटो”
बिर्सेकै हुँ आफ्ना पितापुर्खाले आर्जेको
आफ्नै परिश्रमको स्वर्ग
आफ्नो देशको माटो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
