
नेपाल वायुसेवा निगमको ६७औँ वाषिकोत्सवको अवसरमा आयोजित कविता प्रतियोगितामा प्रथम भएको कविता । यस कविताका सर्जक प्रमिला लुइँटेल हुन् ।

*****
नमस्कार, महिला तथा सज्जनवृन्द,
नेपाल वायुसेवा निगमको
यस उडान RA-017 बाट
सपनाको शहर तर्फ जाने यात्रामा
हार्दिक स्वागत गर्दछौं !
यो बिमानमा जम्मा ८ ओटा द्वारहरु छन् ।
अगाडीको २ वटा द्वार
अलिकति हलुका सपना भएका यात्रुहरुका लागि,
जसको आँखाको लागि आफ्नै मात्र सपना पर्याप्त छ ।
बाँकी ६ वटा द्वार,
गर्हुङ्गा सपना भएका यात्रुहरुका लागि
आमालाई सुनको तिलहरी, छोरालाई राम्रो स्कुल
बहिनीको धुमधामको बिहे, भाईलाई आइफोन…
यी सबै भारी रहरहरू
यिनै ६ द्वारबाट मात्र छिर्छन् ।
तपाईंका आफ्ना रहर Handcarry मा बिल्कुलै Allowed छैन |
थप रहर र आशले उडानमा turbulence बढाउन सक्छन्।
सबै यात्रुको सुरक्षाको लागि,
आफ्नो सपनाको साइज अनुसार सिटको पेटी बाँध्नुहोस् !
Excess Baggage महँगो पर्छ
सपना पनि त्यस्तै हो
धेरै भयो भने उडानअघि नै
केही थान आशा हामीले इाायिबम गर्नुपर्छ।
म( हजारौं सपनाहरू समुन्द्र पार गराउने मान्छे।
यि आखाले ठुला सपनाहरु,
सानो बाकसमा सँकुचित भएर फर्कियेको पनि देखेको छ,
यो बाध्यता कहिलेसम्म रहनेछ थाहा छैन।
-प्रमिला लुइँटेल
Sudina Shrestha
प्रकाशित: १४ असार २०८२, शनिबार १९:०९
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
