नेपाल वायुसेवा निगमको ६७औँ वाषिकोत्सवको अवसरमा आयोजित कविता प्रतियोगितामा प्रथम भएको कविता । यस कविताका सर्जक प्रमिला लुइँटेल हुन् ।

*****
नमस्कार, महिला तथा सज्जनवृन्द,
नेपाल वायुसेवा निगमको
यस उडान RA-017 बाट
सपनाको शहर तर्फ जाने यात्रामा
हार्दिक स्वागत गर्दछौं !
यो बिमानमा जम्मा ८ ओटा द्वारहरु छन् ।
अगाडीको २ वटा द्वार
अलिकति हलुका सपना भएका यात्रुहरुका लागि,
जसको आँखाको लागि आफ्नै मात्र सपना पर्याप्त छ ।
बाँकी ६ वटा द्वार,
गर्हुङ्गा सपना भएका यात्रुहरुका लागि
आमालाई सुनको तिलहरी, छोरालाई राम्रो स्कुल
बहिनीको धुमधामको बिहे, भाईलाई आइफोन…
यी सबै भारी रहरहरू
यिनै ६ द्वारबाट मात्र छिर्छन् ।
तपाईंका आफ्ना रहर Handcarry मा बिल्कुलै Allowed छैन |
थप रहर र आशले उडानमा turbulence बढाउन सक्छन्।
सबै यात्रुको सुरक्षाको लागि,
आफ्नो सपनाको साइज अनुसार सिटको पेटी बाँध्नुहोस् !
Excess Baggage महँगो पर्छ
सपना पनि त्यस्तै हो
धेरै भयो भने उडानअघि नै
केही थान आशा हामीले इाायिबम गर्नुपर्छ।
म( हजारौं सपनाहरू समुन्द्र पार गराउने मान्छे।
यि आखाले ठुला सपनाहरु,
सानो बाकसमा सँकुचित भएर फर्कियेको पनि देखेको छ,
यो बाध्यता कहिलेसम्म रहनेछ थाहा छैन।
-प्रमिला लुइँटेल
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-28
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
