काठमाडौं । ण्ज्ञघघईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि तथा गीतकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । आर्थिक सञ्जाल मिडिया प्रालिद्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
कविता, उपन्यास, गीत र मुक्तक विधामा तीन दशकदेखि कलम चलाउँदै आएकी कवि शेरचनका ‘नजन्मेका आस्थाहरु’ तथा ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’ (कविता सङ्ग्रह), ‘अक्षरहरूका शिविरबाट’ (मुक्तक सङ्ग्रह) ‘तेस्रो रङ्ग’ (कथा सङ्ग्रह) ‘आधि’ (उपन्यास)का साथै गीति क्यासेटहरू ‘अभिप्सा’, ‘सञ्चयन’ र ‘मेरो माटो : मेरो गीत’ प्रकाशित छन् ।
नेवारी भाषाका साहित्यकार तथा पत्रकार ईश्वरमान रञ्जितको स्मृतिमा स्थापित पुरस्कारको राशि रु ११ हजार १११ रहेको चयन समितिका संयोजक निरज रञ्जितले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
