डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका –०७ खस्रेखान स्थित धनगढी-दार्चुला पक्की सडक-खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको थियो ।
दुर्घटनामा चालक जिल्ला बैतडी डिलासैनी गाउँपालिका –०२ बस्ने २० वर्षीय अमृत घरेडी सामान्य घाइते भएका छन् भने दार्चुला मार्मा गाउँपालिका –०३ बस्ने ५० वर्षीय अम्मर सिंह ठगुन्नाको टाउको र छातीमा चोट लागेको छ । दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा थप घाईतेहरुको खोजी गर्ने क्रममा जिल्ला दार्चुला अपिहिमाल गाउँपालिका –०१ बस्ने ३५ वर्षीया सरस्वती लोथ्याललाई घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पताल लगि उपचार भईरहेको छ । उनको टाउको, कम्मर, छाती तथा दुवै खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ ।
त्यसैगरी, जिल्ला दार्चुला अपिहिमाल गाउँपालिका –०१ बस्ने ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्याललाई गम्भीर घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पताल पुर्याइएकोमा निज दुवै जनाको मृत्यु भएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-18
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
विश्वकप फाइनलको विश्लेषण : नतिजा १-० तर खेलमा अर्जेन्टिनामाथि स्पेनको दबदबा
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १२९ जना घाइते
दुर्गेश र प्रियंकाको विवादित गीत ‘मास्टर्नी’ युट्युबबाट हटाइयो
३६ प्रकारका अत्यावश्यक औषधि नेपालमै उत्पादनको तयारी
२०८३ साउन २ गते शनिबार: आजको राशिफल
