काठमाडौं । हरि मञ्जुश्रीद्वारा संगीतबद्ध २७औँ गान ‘म देश यो उठाउँछु’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ । रश्मी हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारीको स्वर रहेको उक्त गीतमा लेखन रश्मि हुमागाईं र सम्पादन इ. रोशन मञ्जुश्री अधिकारीको रहेको छ ।

अतिथिका रूपबाट लेखक तथा चिकित्सक डा. छत्रपति दाहालले ‘म देश यो उठाउँछ’को म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् । उक्त गीतबारे बारेमा गायक इ. रोशन मञ्जुश्री अधिकारीले जानकारी गराएका थिए ।

कार्यक्रममा सरस्वती चिमौरियालाई ‘शब्दयात्रा विश्वनाथ अधिकारी सारस्वत सम्मान, २०८२’ समर्पण गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शनिबार शब्दयात्रा प्रकाशनले आफ्नै सभाकक्षमा आयोजना गरेको कार्यक्रममा उनलाई उक्त सम्मान समर्पण गरिएको हो ।
सम्मान समर्पणका क्रममा कृष्णमणि कुइँकेलले रुद्राक्षमाला र उपहार, कालिका त्रिपाठी पन्तले पछ्यौरा तथा हरि मञ्जुश्रीले अभिवन्दनापत्र समर्पण गरेका थिए ।
कवयित्री शकुन्तला मञ्जरीको कोष व्यवस्थापनमा यस सम्मानको व्यवस्था गरिएको हो । सम्मान ग्रहण गरेपछि कवयित्री सरस्वती चिमौरियाले कोष व्यवस्थापक शकुन्तला मञ्जरी र सम्मान व्यवस्थापक शब्दयात्रा प्रकाशनप्रति आभार व्यक्त गर्दै यस सम्मानले साहित्य क्षेत्रमा अझ अघि बढ्ने हौसला जागेको बताइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
