काठमाडौँ । अमेरिकी मध्यस्थतामा इजरायल र लेबनानबीच युद्धविराममा सहमति भएको केही घण्टामै दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमण भएको छ ।
आक्रमणमा केही व्यक्ति घाइते भएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली ड्रोनले दक्षिणी लेबनानको जेफ्ता–कफरवा सडकमा गुडिरहेको एक सवारीसाधनलाई निशाना बनाएको थियो । आक्रमणमा घाइते भएकाहरूको संख्या र स्वास्थ्य अवस्थाबारे भने तत्काल जानकारी सार्वजनिक गरिएको छैन ।
यसैबीच, दक्षिणी लेबनानको नबातियेह जिल्लामा पनि इजरायली ड्रोनले अर्को आक्रमण गरेको बताइएको छ । कफर रेमान र हब्बुश नगरबीचको सडक क्षेत्रमा आक्रमण भएको हो ।
अल जजिरा अरबीका अनुसार ड्रोनले कफर रेमान र हब्बुशलाई जोड्ने सडकलाई लक्षित गरेको थियो । आक्रमणमा कुनै सवारीसाधनलाई निशाना बनाइएको थियो वा थिएन भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।
घटनाबाट भएको क्षति तथा सम्भावित मानवीय हताहतबारे थप विवरण आउन बाँकी रहेको छ । युद्धविराम सहमतिपछि भएको यो आक्रमणले क्षेत्रीय तनाव पुनः बढ्ने आशंका उत्पन्न गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-04
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
