
एजेन्सी । विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ प्रतिशत डिग्री सेल्सियसमा सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा रहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । झन्डै दुई सय वटा देशले पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा राख्ने प्रयास गर्ने प्रतिबद्धता जनाए पनि अनुसन्धानकर्ताहरूले यसलाई तटीय जनसङ्ख्याका लागि सुरक्षित मान्न नहुने चेतावनी दिएका हुन् ।
आउँदा शताब्दीहरूमा विश्वले समुद्री सतहमा धेरै मिटर वा त्योभन्दा बढीको अत्यधिक हानिकारक वृद्धि देख्न सक्ने वैज्ञानिकहरूलाई बताएका छन् । अहिले बरफका ढिक्काहरू कसरी परिवर्तन भइरहेका छन् र विगतमा कसरी परिवर्तन भएका थिए भन्नेबारेमा गरिएका अध्ययनहरूको समीक्षा गरेपछि उनीहरूले यो निष्कर्ष निकालेका खबरमा उल्लेख छ । तर वैज्ञानिकहरूले तापक्रम वृद्धिलाई रोक्न सकिने प्रत्येक डिग्रीको अंशले पनि जोखिमहरूलाई धेरै हदसम्म सीमित गर्नेमा जोड दिएका छन् ।
विश्वको वर्तमान अवस्थानुसार मानिसहरूले ठूलो मात्रामा जीवाश्म इन्धन जलाउन शुरू गर्नुभन्दा पहिले सन् १८०० को दशकको अन्त्यतिरको तुलनामा यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम झन्डै ३ डिग्री सेल्सियसले बढ्ने अनुमान छ ।
तर पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा राख्दा पनि ग्रीनल्यान्ड र अन्टार्कटिकामा बरफ निरन्तर पग्लने अनुसन्धानकर्ताहरूले बताएका छन् । तापक्रम परिवर्तनले यति ठूलो बरफको पिण्डमा पूर्ण प्रभाव पार्न शताब्दी लाग्न सक्ने उनीहरूको भनाइ छ ।
सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वका राष्ट्रहरू विश्वव्यापी तापक्रम वृद्धिलाई औद्योगिक कालअघिको स्तरको तुलनामा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने प्रयास गर्न सहमत भएका थिए । अहिले यही सम्झौता कार्यान्वयनका लागि दवाब झेलिरहेका बेला वैज्ञानिकहरूले यतिले नपुग्ने बताएका हुन् ।
Sudina Shrestha
प्रकाशित: ८ जेष्ठ २०८२, बुधबार ०९:४३
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
