काठमाण्डौ । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा नियुक्त गरेको हो ।
यसअघि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिश समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्मा सिफारिश गरेको थियो । समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो ।
योसँगै झन्डै डेढ महिनादेखि रिक्त रहेको गभर्नर पदले पूर्णता पाएको छ । नवनियुक्त गभर्नर पौडेलले आफ्नो पहिलो प्राथमिकता मौद्रिक नीति तथा उपकरणमार्फत् अर्थतन्त्र सुधारलाई अगाडी लैजाने बताएका छन् । नवनियुक्त गभर्नर डा. पौडेलले आज पदभार ग्रहण गर्दै छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-21
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
