
काठमाण्डौ । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा नियुक्त गरेको हो ।
यसअघि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिश समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्मा सिफारिश गरेको थियो । समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो ।
योसँगै झन्डै डेढ महिनादेखि रिक्त रहेको गभर्नर पदले पूर्णता पाएको छ । नवनियुक्त गभर्नर पौडेलले आफ्नो पहिलो प्राथमिकता मौद्रिक नीति तथा उपकरणमार्फत् अर्थतन्त्र सुधारलाई अगाडी लैजाने बताएका छन् । नवनियुक्त गभर्नर डा. पौडेलले आज पदभार ग्रहण गर्दै छन् ।
Sudina Shrestha
प्रकाशित: ८ जेष्ठ २०८२, बुधबार ०९:१४
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
