काठमाडौं । गम्भीर दुर्घटनामा परी स्पाइनल इन्जुरी भएका गोरखाका बिकास श्रेष्ठको उपचारका लागि आर्थिक अभाय भएकाले सहयोगका लागि अपिल गरिएको छ । भिमसेनथापा गाउँपालिका–८ अमलाभञ्ज्याङ्ग निवासी श्रेष्ठको उपचारका लागि आर्थिक अभाव भएका कारण सहयोगको अपिल गरिएको हो ।
गत २०८१ माघ २० गते गोरखाको भीमसेन गाउँपालिका वडा ८ मा कामको निरीक्षणका क्रममा कामदारले फालेको कंक्रिटको बोराले लागेर श्रेष्ठ गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारको क्रममा श्रेष्ठलाई स्पाइनल इन्जुरी भएको थाहा भएको थियो । हाल उनको स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र, बनेपामा उपचार भइरहेकोे छ ।
तर, आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको परिवारका सदस्यले बताएको छ । उनलाई सहयोग गर्न इच्छुक महानुभावल एभरेष्ट बैंकको खाता नम्बर ०२०००५०१२१७५०५ (सम्झना श्रेष्ठ/हेमबहादुर श्रेष्ठ)मा सहयोग गर्न सक्नुहुनेछ । साथै, ९७६८९०८२६२ मा सम्पर्क गर्न सक्नेछन् । प्राप्त भएको सहयोग रकमको रसिद पनि काटिने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-21
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
