
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा वाणिज्य बैङ्कको खुद नाफा २.८१ प्रतिशत अर्थात् एक अर्ब १८ करोड ९५ लाख रुपियाँले बढेको छ । समीक्षा अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कले ४३ अर्ब ४९ करोड ६४ लाख रुपियाँ खुद नाफा आर्जन गरेका हुन् ।
गत वर्षको फागुनसम्ममा बैङ्कले ४२ अर्ब ३० करोड ६९ लाख रुपियाँ खुद नाफा गरेका थिए । नेपाल राष्ट्र बैङ्कका अनुसार गत वर्षको सोही अवधिको तुलनामा ११ वटा बैङ्कको नाफा बढेको छ भने नौ वटा बैङ्कको नाफा घटेको छ ।
नाफा वृद्धि गर्नेमा नेपाल बैङ्क लिमिटेड अग्रस्थानमा छ । नेपाल बैङ्कले १३२.८९ प्रतिशतले नाफामा वृद्धि गरेको छ । नेपाल बैङ्कले दुई अर्ब ९८ करोड ७९ लाख रुपियाँ आर्जन गरेको छ । गत वर्षको फागुनमा सो बैङ्कको नाफा एक अर्ब २८ करोड २९ लाख रुपियाँ मात्रै थियो ।
समीक्षा अवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैङ्कले रहेको छ । नबिललाई पछ्याउँदै ग्लोबल आइएमई बैङ्क दोस्रो स्थानमा रहेको छ । नबिल बैङ्कले १.३४ प्रतिशतले बढाएर चार अर्ब ७८ करोड ७६ लाख रुपियाँ नाफा आर्जन गरेको छ । यस्तै ग्लोबल आइएमई बैङ्क ३७.७६ प्रतिशतले बढाएर चार अर्ब ७२ करोड रुपियाँ नाफा आर्जन गरेको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआइएमबी) बैङ्कको नाफा ४५.६८ प्रतिशत बढेर चार अर्ब आठ करोड ५७ लाख रुपियाँ आर्जन गरेको छ । सो बैङ्कको गत वर्षको सोही अवधिमा बैङ्कले दुई अर्ब ८० करोड ४५ लाख रुपियाँ नाफा गरेको थियो ।
यस्तै एनएमबी बैङ्कको ४१.१० प्रतिशत, प्रभु बैङ्कको ३९.६४ प्रतिशत, ग्लोबल आइएमई बैङ्कको ३७.७६ प्रतिशत, एभरेस्ट बैङ्कको ३१.१९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार नेपाल एसबिआई बैङ्कको २३.९१ प्रतिशत, लक्ष्मी सनराइज बैङ्कको ९.४४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ४.०९ प्रतिशत, नबिल बैङ्कको १.३४ प्रतिशत र सानिमा बैङ्कको १.१० प्रतिशतले बढेको छ ।
यता एनआइसी एसिया बैङ्कको नाफामा सर्वाधिक सङ्कुचन आएको छ । राष्ट्र बैङ्कका अनुसार एनआइसी एसियाको नाफामा ६७.७४ प्रतिशतको सङ्कुचन आएर ८१ करोड ९९ लाख रुपियाँमा रहेको छ । सो बैङ्कले गत वर्षको फागुनमा दुई अर्ब ५४ करोड २४ लाख रुपियाँ नाफा आर्जन गरेको थियो ।
कृषि विकास बैङ्कको नाफा ६२.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कको ४०.०९ प्रतिशत, कुमारी बैङ्कको ३१.९७ प्रतिशत, सिद्धार्थ बैङ्कको २८.२६ प्रतिशत, हिमालयन बैङ्कको १४.२९ प्रतिशत, प्राइम बैङ्कको १३.३२ प्रतिशत, सिटिजन्स बैङ्कको ५.२९ प्रतिशत र माछापुच्छे« बैङ्कको ०.२२ प्रतिशतले सङ्कुचन आएको छ ।
Sudina Shrestha
प्रकाशित: ३० चैत्र २०८१, आईतवार ०९:१२
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
