
काठमाडौँ । बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ ।
बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुँला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ । यो पर्व नेपाल संवतको गुंलात्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गरिन्छ ।
नेपाल भाषामा ‘गुँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा वास होस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
मध्यपुर ठिमीमा पनि न्याकुबाजा नाम अर्नाको सिङको बाजा र चित बाजा नामक भेडाको सिङको बाजा बजाइन्छ । यस्तै यो महिनामा इटुम्बहालमा पनि दिपंकर र केश्चान्द्र आजुलाई विराजमान गराइन्छ । यस पर्व काठमाडौँ बाहिर पनि विभिन्न तरिकाले मनाइन्छ, काठमाडौँ उपत्यका बाहिर दोलखामा भने यो पर्व हिलो जात्रा नाम गरी कृष्ण जन्म अष्टमी सम्म मनाइन्छ।
गुंला बाजं खलः स्वयम्भू जाने चलन लिच्छविकालीन राजा हर्षदेवको शासनकाल ने.सं २०४–२१८ बाट सुरु भएको बताइन्छ ।
Sudina Shrestha
प्रकाशित: १० श्रावण २०८२, शुक्रबार १३:०३
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
