
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाँदैछन् । प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सुख्खा र त्यसको असरको अवलोकन गर्न महोत्तरी र बारा जान लागेको बताएका छन् ।
उनले भनेका छन्- आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ ।’
मधेश प्रदेशमा सुख्खाका कारण जनजीवन अस्तव्यस्त बनेपछि सरकारले मधेश प्रदेशका ८ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
Sudina Shrestha
प्रकाशित: १० श्रावण २०८२, शुक्रबार १२:५६
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
