काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाँदैछन् । प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सुख्खा र त्यसको असरको अवलोकन गर्न महोत्तरी र बारा जान लागेको बताएका छन् ।
उनले भनेका छन्- आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ ।’
मधेश प्रदेशमा सुख्खाका कारण जनजीवन अस्तव्यस्त बनेपछि सरकारले मधेश प्रदेशका ८ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
