काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद विनिता कठायत र राप्रपाका सांसद धवलशमशेर राणाले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
सांसद कठायतले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएकी थिइन् ।
त्यस्तै राप्रपा महामन्त्री राणाले गत चैत्र १५ गतेको तिनकुने घटनाको प्रसंग उठाउदै आफुहरुले बोकेको विचारलाई निरुत्साहित गर्न चार वटा झुटा मुद्धा लगाइएको आरोप लगाए । उनले चैत्र १५ गतेको घटनाको संसदीय छानिबनको माग गरेका छन् ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
