
ललितपुर । आज पुलचोकस्थित ‘द प्लाजा’ मा “द हिडन ट्रेजर्स मिस नेपाल २०२५” को स्यास समारोह भव्य र आकर्षक ढंगले सम्पन्न भएको छ। देशका विभिन्न भागबाट प्रतिनिधित्व गर्दै आएका २६ जना सुन्दरी प्रतियोगीहरूले कार्यक्रममा आधिकारिक रूपमा आफ्नो स्यास ग्रहण गरेका छन्।
कार्यक्रमको आयोजना अत्यन्तै सफल र सुसंगठित रूपमा सम्पन्न भयो, जहाँ उपस्थित पाहुनाहरू, सञ्चारकर्मीहरू र सौन्दर्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्यास समारोहमार्फत प्रतियोगीहरूलाई आधिकारिक रूपमा मिस नेपाल २०२५ को प्रतिस्पर्धाका लागि प्रस्तुत गरिएको हो। यस वर्षको प्रतियोगिता विविध क्षेत्र, संस्कृति र पृष्ठभूमिबाट आएका प्रतिभाशाली युवतीहरूको सहभागिताले विशेष बनेको छ।
कार्यक्रममा आयोजक संस्था द हिडन ट्रेजर्सका पदाधिकारीहरूले मिस नेपालको मूल्य र उद्देश्यबारे जानकारी गराउँदै सहभागीहरूलाई शुभकामना दिएका थिए।
अब प्रतियोगीहरूले प्रशिक्षण, सामाजिक परियोजना, आत्मविश्वास विकास तथा विभिन्न चुनौतीहरूको माध्यमबाट आफ्नो क्षमता प्रदर्शन गर्नेछन्।
यस वर्षको ग्राण्ड फिनाले आगामी भदौ १४ गते (August 30, 2025) गोडावरीस्थित सनराइज कन्वेन्सन सेन्टरमा आयोजना हुने छ।
यहाँ प्रस्तुत छन् मिस नेपाल २०२५ का २६ प्रतियोगीहरू, जसले यो वर्षको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् – फोटो फिचरसहित ।


























pratikshya
प्रकाशित: १० श्रावण २०८२, शुक्रबार १६:२१
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
