- सुदिना श्रेष्ठ
महजाल, शब्द जस्तै मिठो र राम्रो पासो (मायाजाल) थापेर फसाउने प्रक्रिया जसलाई आजभोलि ‘हनी ट्रयाप’ Honey Trap भनिन्छ । यसमा कुनै व्यक्तिलाई मधुर शब्द, लोभ अथवा माया जस्तो देखिने कुराबाट फसाउने प्रयास गरिन्छ । यसको उद्देश्य अर्कालाई आफ्नो फाइदाका लागि छल्नु वा फसाउनु हुन्छ ।
नेपालमा हनी ट्रयाप स्क्यामहरु अहिले एक गम्भीर सामाजिक र साइबर सुरक्षाको समस्या बनेका छन् । यी स्क्यामरहरुले मानिसहरुको भावनात्मक र प्रेमजन्य कमजोरीको फाइदा उठाई उनीहरुबाट पैसा असुल्ने प्रयास गर्छन् । स्क्यामरहरुले प्रायः कमजोर व्यक्तिहरुलाई लक्ष्य बनाउँछन, जसको परिणामस्वरुप व्यक्तिगत जानकारी चुहिनु, आर्थिक नोक्सानी र मानसिक तनाव जस्ता गम्भीर समस्याहरु देखा पर्छन् ।
स्क्यामरहरु प्रायः सामाजिक संजाल, डेटिङ्ग एप्स वा अनलाईन प्लेटर्फमहरुबाट सम्पर्क स्थापना गर्छन र आफूलाई विश्वसनीय, सहानुभूतिशील वा आकर्षक व्यक्तिका रुपमा प्रस्तुत गर्छन । यी स्क्यामरहरु भावनात्मक नजिकपना सिर्जना गर्छन् । उनीहरुले पिडितको मन जित्न मिठा कुरा गर्छन, झुठा आश्वासन दिन्छन् र कहिलेकाँही नक्कली सम्वन्धको प्रस्तावसमेत अघि सार्छन । एकचोटी सम्बन्धमा विश्वास स्थापना भईसकेपछि ठगहरुले विभिन्न बहानामा पैसा माग्न थाल्छन् । उदाहरुणका लागि उनीहरुले आफूमाथि परेका आर्थिक संकटको नाटक वा अन्य कुनै आपतकालिन् कारण देखाउन सक्छन् ।
पीडितले आफ्नो व्यक्तिगत जानकारी बैंक खाता विवरण वा गोप्य तस्विरहरु ठगलाई विश्वास गरेर दिइसकेपछि यी जानकारीहरुको दुरुपयोग हुने सम्भावना बढछ । यसले गर्दा ठगहरुले पिडितलाई ब्लाकमेल, आर्थिक नोक्सानी गराउन सक्छन, आफूले चाहे अनुरुप उद्देश्य पुरा नभएमा ब्ल्याकमेल मात्र नगरी उनीहरु पिडित विरुद्ध बलात्कारको झुठो उजुरी समेत दिन्छन् । यस्तो कदमले पीडितलाई कानूनी समस्यामा फसाउने र थप मानसिक तनावमा पार्ने गर्छन ।
झुठो उजुरीका कारण पिडितको प्रतिष्ठामा गम्भीर असर पर्दछ । उनीहरुको सामाजिक, पारिवारिक र व्यावसायिक जिवन तहसनहस हुन सक्दछ । कतिपय अवस्थामा समाज र कानूनी प्रक्रिया पीडितप्रति पूर्वाग्राही बन्न सक्छ, जसले गर्दा उनीहरुलाई न्याय पाउन कठिन हुन जान्छ ।
कानूनी प्रणालीको दुरुपयोग गर्दै स्क्यामरहरुले आफ्नो स्वार्थ पुरा गर्न कानूनी प्रक्रियालाई हतियारको रुपमा प्रयोग गर्दछन् । झुठो आरोपका कारण वास्तविक अपराधी र पीडितलाई न्याय दिलाउनुपर्ने कानूनी व्यवस्थामा चुनौति खडा हुन्छ ।
यस समस्यालाई समाधान गर्न निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ ।
– कानूनी सुधार : झुठो उजुरी गर्ने व्यक्तिहरुलाई कारवाही गर्न कानूनी प्रावधानहरुको व्यवस्था हुन पर्दछ ।
– साइबर सुरक्षा र जनचेतना ः मानिसहरुले कसरी हनी ट्रयाप र स्क्यामरहरुबाट बच्ने र कसरी आफूहरु उनीहरुको प्रलोभनबाट सुरक्षित रहने भन्ने विषयमा जानकार हुुुनुपर्दछ ।
सत्य तथ्य पत्ता लगाउने प्रक्रिया
बलात्कारसम्वन्धी उजुरीहरुमा तथ्य र प्रमाणको गहिरो अनुसन्धान गरी पिडित र दोषीको पहिचान गर्नुपर्छ ।
नारी वा पुरुष जो दोषी छन् समाजले यस्तो समस्यालाई गम्भीरतापूर्वक लिएर पिडितलाई सहयोग गर्ने वातावरण निर्माण गर्नु महत्वपूर्ण छ । यसका लागि सरकार, नागरिक समाज र मिडियाले संयुक्त रुपमा काम गर्न जरुरी छ । सरकार र सुरक्षासम्वन्धी निकायहरुले पनि यसबारे गम्भीर कदम चाल्नु पर्दछ । साइबर अपराधको निगरानी कडा गर्न दोषीलाई कारवाही गर्न र पिडितलाई सहयोग प्रदान गर्नका लागि ठोस नीतिहरु आवश्यक छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ११ पुष २०८१, बिहीबार १८:१२
बझाङका दुई स्थानमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
बुद्ध एअरको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई दुई लाख जरिवाना
काठमाडौंमा भूकम्पको धक्का महसुस
बालगायक सचिन परियारको निधन
ओलीमाथि भीम रावलको आरोप नै आरोप, ७४ प्रश्न (पूर्णपाठ)
बसले थिच्दा सर्लाहीमा सशस्त्र प्रहरी इन्स्पेक्टर विजय कुमार तुलाधरको मृत्यु