काठमाडौं । नेकपा एमालेको गौरवशाली जनसंगठन राष्ट्रिय युवा संघ नेपालको अन्तरजिल्ला मधेश प्रदेश अध्यक्षको जिम्मेवारी सेखर वाग्ले (सिड वाग्ले) ले पाएका छन्। केन्द्रीय समितिबाट प्राप्त निर्णय अनुसार उनलाई मधेश प्रदेशको अध्यक्षको रूपमा नियुक्त गरिएको हो।
संगठनका समर्पित, कर्मठ र युवा नेताका रूपमा परिचित वाग्लेले अब मधेश प्रदेशमा संगठन सुदृढीकरणको जिम्मेवारी पाएका छन्। यस अवसरमा पार्टीका शीर्ष नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले वाग्लेलाई थप हौसला प्रदान गरेको छ।
उनी यसअघि पनि संगठनको विभिन्न तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। सामाजिक सेवामा समेत अगाडि रहेका वाग्लेले अबको कार्यकालमा युवाहरूलाई संगठित गर्दै राष्ट्रिय नीति निर्माणमा उनीहरूको भूमिका प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-29
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
