हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी तोकिएको छैन । नियुक्त गरिएका मन्त्रीहरुको आजै सपथग्रहण गर्नेगरी तयारी गरिएको छ ।
बागमतीमा काँग्रेसका पाँच मन्त्रीले लामाविरुद्धको अविश्वास प्रस्तावलाई समर्थन गर्दै राजीनामा दिएका थिए । पार्टी संसदीय दलमा विश्वास गुमाएका लामाले गठबन्धन सरकारमा मुख्यमन्त्री हुन संसदीय दलको नेता हुन आवश्यक नरहेको तर्क गर्दै अविश्वास प्रस्ताव पारित भएपछि राजीनामा दिन अस्वीकार गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-30
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
