जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

एजेन्सी । चीनले जन्मदरलाई सुधार गर्न अनुदानको घोषणा गरेको छ । चीनले अब तीन वर्ष मुनिका बच्चाहरूको लागि अभिभावकलाई प्रति वर्ष प्रति बच्चा ५०० डलर अनुदान दिनेछ । यो अनुदान तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने बताएको छ ।

चीनमा जन्मदर बढाउन यो नीति घोषणा गरिएको हो । चीनका सरकारी मिडियाका अनुसार, चीनको यो नीतिले लगभग २० लाख परिवारहरूलाई आफ्ना बच्चाहरू हुर्काउन मद्दत गर्ने बताइएको छ ।

जन्मदर बढाउनको लागि, लगभग एक दशक अघि, चीनले बच्चा जन्माउने नीति समाप्त गरेको थियो । त्यसपछि, चीनमा लगातार जन्मदर घट्दै गइरहेको छ । चीनमा गत बर्ष ९।५४ बच्चा जन्मिएका थिए । यो आँकडा २०१६ को भन्दा आधा हो भने अघिल्लो बर्षको भन्दा यो १.३९ मिलियन कमि हो ।

Sudina Shrestha

प्रकाशित: १५ श्रावण २०८२, बुधबार ०९:०९