एजेन्सी । रुसको पूर्वी तटमा रहेको कामचट्का प्रायद्वीप नजिकै शक्तिशाली भूकम्प गएको छ । यसको तीव्रता रिक्टर स्केलमा ८.८ मा रेकर्ड गरिएको छ ।
अमेरिकी भूगर्भीय सर्वेक्षणले समुद्रमुनि रहेको उथले क्षेत्रमा भूकम्प गएको बताएको छ । यसका कारण रुस, जापान, गुआम, हवाई र अलास्कामा सुनामीको चेतावनी जारी गरिएको छ । चेतावनीमा यसका कारण प्रशान्त तटमा समुद्रमा १ देखि ३ मिटर अग्ला छालहरू उठ्न सक्ने बताइएको छ ।
जापानको एनएचले टेलिभिजनका अनुसार, भूकम्प जापानका चार ठूला टापुहरूको उत्तरी टापु होक्काइडोबाट लगभग २५० किलोमिटर टाढा थियो । साथै, भूकम्पको केन्द्रबिन्दु रूसको कामचट्का प्रायद्वीपको पेट्रोपाभ्लोभस्क(कामचट्स्कीबाट १३३ किलोमिटर दक्षिणपूर्वमा ७४ किलोमिटरको गहिराइमा रहेको बताएको छ । सुरुमा यसले भूकम्पको तीव्रता ८।० रहेको रिपोर्ट गरेको थियो ।
साथै, अलास्काको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अलास्का अलेउटियन टापुका केही भागहरूको लागि सुनामी चेतावनी जारी गरेको छ । साथै, क्यालिफोर्निया, ओरेगन, वाशिंगटन र हवाई लगायत पश्चिमी तटका केही भागहरूलाई सतर्क रहन निर्देशन दिइएको छ । त्यस्तै भूकम्पपछि रूसको सुदूर पूर्वमा धेरै मानिसहरू घाइते भएको राज्यको तास समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-30
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
