
काठमाडौं । सर्वसाधारणका लागि बहुप्रतिक्षिति धरहरा बिहीबारदेखि खुला गरिएको छ । संविधान दिवसका अवसरमा धरहरा सर्वसाधारणलाई चढ्न खुला गरेको हो । शहरी विकास मन्त्रालयले धरहरा चढ्न अर्को व्यवस्था नभएसम्म निशुल्क गरेको छ । अर्थात धरहरा चढेको पैसा लाग्दैन ।
मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा पाएको छ । सरकारले गठन आदेश नबनाउञ्जेल सर्वसाधारणलाई निःशुल्क गरिएको हो ।
निःशुल्क प्रवेश गर्न dharhara.gov.np बाट अनलाइन टिकट बुक गर्न सकिने आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । काउन्टरमै पनि फ्रि टिकट पाइने छ । टिकटमा आधारमा धरहरा चढ्न दिइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्यूआर कोड लिन मिल्ने व्यवस्था मिलाइँदै छ । एक दिनमा अधिकतम ६ सयले धरहरा चढ्न पाउनेछन् । त्यसमध्ये १ सय कोटा वृद्ध, अशक्त, अपाङ्गता भएकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टा सय जनाले चढ्ने गरी व्यवस्था मिलाइएको छ ।
शहरी विकास मन्त्रालयले धरहरा चढ्न निशुल्क गरेपछि त्यसको असर ‘स्काईवाक टावर’लाई पर्ने देखिन्छ । कललादीस्थित स्काईवाकले नेपालीलाई एक हजार रुपैयाँ शुल्क लिँदै आएको छ । काठमाडौंको भ्यू हेर्न स्काईवाक चढ्नेहरु अब धरहराले तान्ने देखिन्छ । ‘२२ तले धराहरा निशुल्क चढ्न पाएपछि एक हजार तिरेर किन स्काईवाक चढ्ने ?’ धरहरा चढ्न आएका धादिङका निमेश कार्कीले भने, ‘एक महिनाअघि स्काईवाक चढेको थिएँ, अहिले धरहरा । मलाई त धरहरा चढ्दै रमाइलो लाग्यो । धरहराबाट काठमाडौं भ्याल्ली पूरै देखिन्छ ।’
निजी कम्पनीद्वारा सञ्चालित स्काईवाकले एक हजार रुपैयाँ लिएको भन्दै सुरुदेखि नै सर्वसाधारणले महँगो भयो भन्दै आएका थिए । तर, काठमाडौं घुम्न आउनेहरुले महँगो भएपनि काठमाडौं हेर्न स्काईवाक चढ्ने गरेका छन् । तर, अब निशुल्क भएपछि सर्वसाधारण धरहरातिर आकर्षित हुने देखिन्छ ।
यता मन्त्रालयले भने ढिलो चाँडो धरहरा चढेको शुल्क लिने जनाएको छ । ‘तर, एकदमै कम शुल्क लिइने छ’ मन्त्रालय स्रोतले भन्यो, ‘यो करिब एक महिना निशुल्क नै हुनेछ । त्यसपछि केही व्यवस्था मिलाएर केही शुल्क तोकिने छ ।’ उनका अनुसार बढीमा एक सयदेखि एक सय ५० सम्म शुल्क तोकिन सक्ने छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ आश्विन २०८१, शुक्रबार १५:४०
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
