
काठमाण्डौं । आउँदो ११ गतेदेखि काठमाण्डौको भृकुटीमडपमा हुने नाडा अटो शो २०२४ मा विद्युतीय गाडी ९ईभी० को सहभागिता सबैभन्दा बढी हुने भएको छ । प्रदर्शनीमा अघिल्ला वर्षहरुभन्दा यसवर्ष विद्युतीय गाडी धेरै हुने भएको हो ।
नाडाका संयोजक अनुप बरालले अटो शोमा ७० प्रतिशत सहभागिता विद्युतीय गाडीको हुने बताएका छन् । विद्युतीय गाडीको प्रयोग र आकर्षण बढेपछि अटो व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजारबाट विभिन्न ब्राण्डका गाडीहरु भित्र्याएका छन् ।
यो पटकको नाडा अटो शोमा बीवाईडीको एम सिक्स, टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट, भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिनलगायतका ब्राण्डहरु प्रदर्शनीमा राख्न लागिएको छ ।
प्रदर्शनीमा केही चिनियाँ विद्युतीय कार निर्माताले पनि सहभागिता जनाउने भएका छन् । यी सबै ब्राण्डको आधिकारीक लन्चिङ नै अटो शो मार्फत हुन लागेको छ । नयाँ चिनियाँ ब्राण्डहरु जिकर, एक्सपेङ, जेको, अवतार, रेडारा, नामी र काई ब्राण्डको लन्चिङ हुने भएको हो ।
अटो शोमा ५५ वटा ब्राण्डका गाडीको सहभागिता रहने नाडाले जनाएको छ । यसमध्ये २४ वटा चारपाङ्ग्रे ब्राण्ड, १९ वटा दुईपांग्रे र १२ वटा हल्का व्यावसायिक गाडीको सहभागिता हुनेछ ।
यसैगरी १३ वटा लुब्रिकेन्ट ब्राण्ड, ५ ब्राण्डका ब्याट्री र टायर्स, १३ वटा हेल्मेट विक्रेता कम्पनी, ५ वाणिज्य बैंक, एक विकास बैंक र एक इन्स्योरेन्स कम्पनीसहित जम्मा ९५ वटा प्रदर्शकहरू रहने छन् । अटो शोमा ७५ हजारभन्दा बढीको सहभागिता हुने नाडाको अनुमान छ ।
Sudina Shrestha
प्रकाशित: ६ भाद्र २०८१, बिहीबार ०९:३१
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
