काठमाण्डौं । गाजाको पश्चिम क्षेत्रमा अत्यावश्यक सहायता लिन पर्खिरहेका प्यालेस्टिनीको भेलामा इजरायली सेनाले आक्रमण गर्दा १ सय १२ जनाको ज्यान गएको छ । आक्रमणमा परी सात सय ६० जना घाइते भएका छन् ।
घाइतेहरूलाई अस्पताल लगे पनि डाक्टर र उपकरणको अभाव रहेकोले उपचारमा कठिनाइ भएको बीबीसीले जनाएको छ । प्यालेस्टिनीहरु इजरायली ट्याङ्क आएको देखेर लरीबाट ओर्लिएका थिए ।
त्यहीबेला इजरायली सेनाले चेतावनीको रुपमा मात्र गोली चलाएको जनाएको छ । तर प्यालेस्टिनीले सेनाले सिधै उनीहरुलाई आक्रमण गरेको आरोप लगाएका बीबीसीले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणलाई ’नरसंहार’ गरेको आरोप लगाएको छ ।
घटनाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको छ । फ्रान्सले खाना लगायत अत्यावश्यक सहायताका लागि आएका नागरिकहरू विरुद्ध इजरायली सैनिकले गरेको आक्रमण अनुचित भएको बताएको छ ।
यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमास बीचको युद्धमा अस्थायी युद्धविरामको मध्यस्थता गर्ने मध्यस्थकर्ताहरूको प्रयासलाई जटिल बनाउने चिन्ता व्यक्त गर्नुभएको छ। स्वास्थ्य सुरक्षाका लागि गाजामा रहेको मेडिकल च्यारिटी एमएसएफले यो डरलाग्दो घटना भएको भन्दै तत्काल र दिगो युद्धविरामको लागि आह्वान गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-01
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
