काठमाडौँ । अन्तरिक्ष प्रविधि कम्पनी स्पेस एक्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज अमेरिकी स्कट एक्सचेन्ज नास्ड्याकमा शेयर कारोबार हुने तयारीसँगै कम्पनीका संस्थापक एलन मस्कको कुल सम्पत्ति एक खर्ब अमेरिकी डलरभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।
हाल विश्वकै सबैभन्दा धनी व्यक्तिका रूपमा रहेका मस्कको सम्पत्तिमा स्पेसएक्सको सार्वजनिक सेयर निष्कासनपछि ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ । मस्कसँग कम्पनीको करिब आधा हिस्सा रहेको छ । कम्पनीको लक्ष्य मूल्याङ्कन १.७७ खर्ब अमेरिकी डलर पुगेमा उनको स्पेसएक्स हिस्साको मूल्य मात्रै करिब ८६७ अर्ब अमेरिकी डलर पुग्नेछ ।
यसका अतिरिक्त मस्कसँग विद्युतीय सवारी निर्माता टेस्लामा प्रमुख कार्यकारी अधिकृतका रूपमा प्राप्त करिब २७९ अर्ब अमेरिकी डलर बराबरको सेयर तथा विकल्प रहेको बताइएको छ ।
स्पेसएक्स र टेस्लामा रहेको हिस्साको आधारमा मात्रै मस्कको कुल सम्पत्ति १.११ खर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ । यसमा मस्कको अन्य निजी कम्पनीहरू न्युरालिंक र र द बोरिंग कम्पनीमा रहेको स्वामित्व भने समावेश गरिएको छैन ।
यद्यपि मस्कको सम्पत्ति अधिकांश रूपमा कम्पनीहरूको सेयर मूल्यमा आधारित भएकाले यो नगद रकम नभई कागजी सम्पत्ति रहेको विश्लेषकहरूले बताएका छन् । भविष्यमा लगानीकर्ताले टेस्ला र स्पेसएक्सको मूल्यलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराले उनको सम्पत्तिको आकार निर्धारण गर्नेछ ।
स्पेसएक्सले आज ५५ करोड ६० लाख सेयर सर्वसाधारणका लागि बिक्री गरेपछि पनि मस्कसँग कम्पनीको करिब आधाभन्दा कम हिस्सा रहनेछ । तर उनीसँग विशेष प्रकारका सेयर छन्, जसले कम्पनीमाथि अत्यधिक नियन्त्रण प्रदान गर्छ ।
मस्कले कम्पनीको करिब ८५ प्रतिशत मतदान अधिकार नियन्त्रण गर्ने भएकाले उनलाई पदबाट हटाउन वा सञ्चालक समितिले उनका निर्णय उल्ट्याउन लगभग असम्भव मानिन्छ । यस्तै प्रकारका विशेष अधिकारयुक्त सेयर संरचना मेटा र फोर्ड जस्ता कम्पनीहरूमा पनि संस्थापकहरूलाई दिइएको छ ।
मस्कले विगतमा टेस्लामा आफूले यस्तै स्तरको नियन्त्रण नपाएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उनले टेस्लामा थप मतदान अधिकार प्राप्त गर्न चाहेको र आफूले ‘कर्पोरेट आतंककारी’ भनेर उल्लेख गर्ने केही सेयरधनी समूहबाट कम्पनीलाई जोगाउन त्यसको आवश्यकता रहेको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
